Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ बैशाख ३१ गते सोमबार

ठुलाे कम्पनी टाट पल्टिएको हेर्न पटक्कै मन छैन

Shree Airlines ले सिस्टममा बेचिसकेको टिकेट अनअफिसियली त्यही सिट अर्को यात्रुलाई बेच्ने नया व्यवसाय सुरूवात गरेको वृतान्त
………………………………………………………………………
बद्धएयरको ४ः३० को फ्लाईटमा ढिलोहुन्छ भनेर श्रीएयरको ४ बजे टिकट बिहान ११ः४० मा काटेको थिए । घरबाट ३ बजेनै निस्किएको तर बाटोमा ट्राफिक जाममा परेर ३ः५४ मा मात्रै एरपोर्ट टिकेट काउन्टरमा सम्म आईपुग्न भ्याए । काउन्टरमा उपस्थित कर्मचारीले आईडी दिनुस म टिकेट ल्याईदिन्छु तपाई बोडिङ गेटको सुरक्षा चेकजाच गराउदै गर्नुस भने पछी म सुरक्षाचेक गराउन भन्दै दौडिए, सुरक्षा चेकजाच भईसकेपछी काउन्टरबाट टिकेट ल्याएर एयरलाईन्सको कर्मचारी सुरक्षाजाच गेटमा आउनुभो, टिकेटमा Security Checked को स्ट्याम्प लागेपछी एयरलाईन्स कर्मचारी संगै श्रीएयरको अन्तिम काउन्टर सम्म पुगे । त्यहा पुग्दा प्लेनसम्म यात्रु पुर्याउने बस गईसकेका कारण एयरलाईन्सले कारमा प्लेनसम्म पुगायो ।
 सबैयात्रुहरू प्लेनमा चढन लाईन लागेका थिए म पनी त्यही लाईनमा लागेर प्लेनभित्र चढे ।
मेरो सिट अगाडीनै रहेकाले म आफ्नो सिटमा बसे एकछिनपछी सबै यात्रु प्लेन भित्र आईपुगे त्यहा उपस्थित २ जनालाई बस्ने ठाउ पुगेन एकछिन बस्न नपाएका यात्री अलमलपरे त्यो देखेर एयरहस्टेज पनी सिट चार्ट हेरेर अलमल परे, एयरहस्टेजले कुनै सिटमा बच्चा त बसालेका छैनन भनेर हेर्दै थिए त्यतीक्कैमा टिकेट काउन्टरबाट एक जना मान्छे आएर मलाई तपाईको टिकेट अर्को फ्लाईटको हो तपाई अर्कोमा जानुहोला भनेर ओर्लन लगाए मले पनी सोचे ट्राफिक व्यवस्थापन, खराब मौसमका कारण यो प्लेनको पनी समय तलमाथी भएको होला भन्ने सोचेर बाहिर उत्रीए मलाई लिन आएको गाडीमा एक जना अर्को बहिनी लाईपनी त्यसरीनै फिर्ता लग्दैरहेछन। 
मलाई संक्का लाग्यो मेरो टिकेटको समय गलत त होइन भनेर कन्फर्म गर्नको लागी मैले टिकेट काटने ट्राभल एजेन्सिमा बुझ्दा “हैन सर तपाईको टिकेट त त्यही ४ बजेको हो त्यसो हुनै सक्दैन”  भनेर भनेपछी 

त्यहा उपस्थित काउन्टरमा भएका कर्मचारी लाई बुझ्न खोज्दा उल्टै मलाई आरोप लगाउछकी “तपाई ढिला आउनुभो तपाईलाई हामिले केही गरी सिट व्यवस्थापन गर्न सकिन्छकी भनेर प्लेनसम्म लगेका हौ” भनेर भन्छ त्यो भनेको सुनेर मनमा आक्रोस पलायो,  मैले भने प्लेन समय पनी ४ बजेको छ, सिट नम्बरपनी उल्लेख गरिएको छ अनी मेरो सिट तपाईले अनअफिसियली “रि सेल” गरेरे मलाई त्यसो आरोप लगाउदैहुनुहुन्छ के हो कुरा भनेपछी उहाको जवाफ प्रष्ट आएन । मलाई टार्न खोज्नु भयो, एकछिन पछी भन्नुहुन्छ “तपाई लाई हाम्रो 17:45 को अर्को फ्लाईटमा व्यवस्था गरिदिदैछौ भन्नुहुन्छ मैले भने हुदैन केही चाडो होला भनेर ४ बजेको यो प्लेन रोजेको हु म त्यती पर्खन सक्दैन तपाईहरूले गरेको गल्तीको सिकार मलाई नबनाउनुहोस, मलाई तुरून्तै जाने व्यवस्था गर्नुहोस भनेपछी सर हामी टिकेटको पैसा रिफन्ड गर्छौ तपाईलाई ४ः३०को बुद्धको प्लेनमा जाने व्यवस्था गरिदिन्छौ भने त्यसपछी मैले ट्राभललाई भनेर बुद्धकोमा टिकेट काटन लगाएर घर आए । 
पहिला पहिला सुनेको बसमा एकै सिटको २ टिकेट काटछन अगाडी मिलाउला भन्दै बाटोमा लगेर मुढामा बस्न लगाउछन भन्ने घटना सुनेको थिए तर श्रीएयरको फितलो व्यवस्थापन, आफ्ना यात्रुप्रतिको गैरजिम्मेवारीपनका कारण हिजो श्रीएयरमा पनी भोग्न पाईयो ।यस्तो अचम्मको घटना पनी हुने रहेछ भनेर टिकेट काटने ट्राभल एजेन्सिले पनी भोग्नु भयो

Shree Airlines Pvt. Ltd. लाई सुझाव 
यदी आफ्ना यात्रुहरूप्रतिको यस्तै गैरजिम्मेवारीपन रहिरहने हो भने यो एयरलाईन्सको हविगत के होला त्यो पनी एकपल्ट अनुमान गर्न होला ! यो बदमासी कसले गरेको हो पत्ता लगाएर आफ्ना यात्रुलाई दोसलगाउनुको सट्टा क्षमायाचना माग्ने जस्ता सकारात्मक पाटो अपनाउनुहोला । ठुलो कम्पनीको टाट पल्टिएको हेर्न पटक्कै मन छैन । समयमै सच्चिनुहोस Shree Airlines
प्रकाश दत्त भट्ट 


#श्री एअर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>