Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० चैत २९ गते बिहिबार

महाकाली अस्पतालले बृद्घसेवा केन्द्रमै गएर दियाे सेवा

महाकाली प्रादेशिक अस्पतालद्वारा बैजनाथ बृद्धसेवा केन्द्रमा पुगेर सेवा दिएकाे छ  । कन्चनपुरको बेदकोट नगरपालिका रैटेलामा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका बृद्धबृद्धालाई स्वास्थ्य चेकजाँच तथा औषधि र फलफुल बितरण गरेकाे  छ ।

बिहिबार अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, सदस्यहरु, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर समेत कर्मचारीहरु गएर सेवा दिएका हुन ।
यसरी वासस्थानमै सेवा पाएपछि बृद्धबृद्धा र सेवा दिन पाएपछि ब्यवस्थापन समिति पदाधिकारी र डाक्टर कर्मचारि खुसि देखिएका छन ।

सेवा केन्द्रमा करिव २ दर्जन बृद्धबृद्धा रहेका छन । सेवा केन्द्र  सहयाेगका भरमा चलेकाे छ ।







#जेष्ठ नागरिक सेवा केन्द्र

प्रतिक्रिया