Samriddhipost
२०८१ जेठ ०६ गते आइतबार
महेन्द्रनगर
२०८१ बैशाख ०३ गते सोमबार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुखले विधि,विधान,प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो नहुने बताएका छन्। प्रदेश सरकारका काम चलाऊ मुख्यमन्त्रीको हैसियतमा रहेका शाहले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘हिजो हामीले दाबी पेस गरिसकेपछि आज पनि हामीले प्रदेश प्रमुखसँग छलफल गरेका छौँ। हामीले छिटोभन्दा छिटो निकासको लागि अनुरोध गरेका छौँ । विधि, विधान, प्रक्रिया भन्दा बाहिर गएर निर्णय लिँदा राम्रो हुँदैन भनेर भनेका छौँ। मैले बसेको कुर्सीमा चाँडो भन्दा लक्ष्मणकिशोर चौधरीलाई बसाउने मेरो तथा मेरो दलको प्रयत्न हो उनले भने।’ यस्तै मुख्यमन्त्री शाहले सुदूरपश्चिममा एकीकृत समाजवादीले सुरु गरेको विद्रोहले देशभर नै नयाँ सत्ता समीकरण भत्किने निश्चित भएको दाबी गरेका छन्।


#मुख्यमन्त्री कमल बहादुर शाह

प्रतिक्रिया