सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटेको छ।
एमसिसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो।
मंगलबार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो।
मंगलबार दिउँसोदेखि लागु हुनेगरी वीरेन्द्रनगर बजार क्षेत्र, यरीचोक, मंगलगढी चोक, हटियालाईन, हटियाचोक क्षेत्रमा पाँच जना भन्दा धेरै मानिस जमघट हुन नपाउनेगरी निषेधाज्ञा लगाईएको थियो।
बिहीबार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आईसकेकोले बिहिबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाईएको जानकारी गराएको हो।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया