Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
हेमा भट्ट हेमा भट्ट
२०७८ फागुन १९ गते बिहिबार

च्याउ उत्पादन बाट मनग्य आम्दानी, कृषक खुसि

कञ्चनपुर जिल्लाको दक्षिणी भेगका कृषकहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गरेका छन । कम लगानीमा बढी फाइदा लिन सकिने भएपछि लालझाडी र बैलौरीका कृषकहरु च्याउ उत्पादनमा  लागेका हुन । अरु भन्दा च्याउ खेतीको बजार मुल्य पनि राम्रो भएको र घरमै बिक्री हुने गरेकोले राम्रो आयआर्जन भइरहेको कृषकहरुको भनाइ रहेको छ ।
लालझाडी गाउपालिका ३ बल्मी र बेलौरी नगरपालिका ३ पडाउका धेरैजसो कृषकहरुले टनेल निर्माण गरेर व्यावसायिक च्याउ खेती शुरु गरेका छन । सानो क्षेत्रफलमा उत्पादन गर्न सकिने भएका कारण अन्य खेतीबाली भन्दा च्याउखेती सजिलो र आम्दानीका हिसाबले पनि फाइदाजनक रहेको कृषकहरुको भनाइ रहेको छ ।
च्याउ उत्पादनमा स्थानिय तह प्रदेश सरकार र बिभिन्न संघ संस्थाहरुको अनुदान र प्राबिधिक सहयोग भएपछि कृषकहरुलाइ थप हौसला मिलेको छ । च्याउ खेती गर्ने कृषकहरुलाइ पालिकाले अनुदान उपलब्ध गराएको छ भने स्थानिय पालिकाहरु र कृषि ज्ञान केन्द्रले समेत आर्थिक र प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख दिल वहादुर बिष्ट ले कृषकहरुलाइ आत्मनिर्भर बनाउन र आर्थिक उपार्जनका लागि आर्थिक र प्राबिधिक सहयोग गर्दै आइरहेको बताउनुभएको छ । पछिल्लो समयमा कञ्चनपुर जिल्लामा च्याउ उत्पादनको अवस्था राम्रो रहेको र कृषकहरुले राम्रो  आयआर्जन गर्नका साथै  रोजगारीका अवसर सृजना भएको उहाको भनाइ रहेको छ । समयमै मलखाद र बीउको उपलब्धता हुन सके नेपाली उत्पादनले नै बजारमाग धान्न सक्ने कृषकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>