Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
उमेश सिंह धामी
२०७८ फागुन २० गते शुक्रबार

ब्यावसायिक तरकारि खेतिमा आकर्षित हुँदै कन्चनपुरका किसान

व्यावसायिक तरकारी खेतीमा आकर्षित हुदै कञ्चनपुरका कृषक, अन्य खेतीबाली भन्दा तरकारी खेतीबाट फाइदा हुन थालेपछि कञ्चनपुर जिल्लाका कृषकहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन । सरकारी र गैर सरकारी क्षेत्रबाट अनुदान र सीप तालिमको व्यवस्था हुन थालेपछि कृषकहरु थप उत्साहित भएका छन । बेलौरि नगरपालिका वडा न।ं ३ पडाउका कृषकहरु टनेल निर्माण गरेर मौसमी र बैमौसमी तरकारी उत्पादन गरिरहेका छन । काक्रा, टमाटर , काउली, रायो लगायतका हरियो सागपात र तरकारी कृषकहरुले उत्पादन गरिरहेका छन । धान,गहु बालीभन्दा तरकारि खेतिबाट राम्रो आम्दानि हुने भन्दै तरकारी खेतीबाट मासिक ३० हजार सम्म फाइदा हुने गरेको कृषकहरुको भनाइ रहेको छ । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि यसको क्षेत्र बिस्तार गर्ने भन्दै आफुहरुलाइ मल बीउमा सरकारले सहयोग गर्नुपर्ने कृषकहरुको माग रहेको छ । कृषकहरुलाइ उत्पादन बृद्धिका लागि nnswa र  बेलौरि नगरपालिकाले केही आर्थिक सहयोग  उपलब्ध गराएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख दिल वहादुर बिष्टले जिल्लालाइ तरकारीमा आत्मनिर्भर बनाउन सीप तालिम र अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभएको छ ।
सरकारी र निजी क्षेत्रबाट तरकारी उत्पादनमा बृद्धि गर्ने प्रयास भैरहेको भएपनि भारतसंग सीमा जोडिएको कञ्चनपुर जिल्लामा अझै पनि भारतबाट तरकारी आयात हुने भने रोकिएको छैन । समयमा मल बीउ उपलब्ध भए तरकारी उत्पादनमा बृद्धि संगै कञ्चनपुर जिल्ला तरकारीमा आत्मनिर्भर हुने कृषकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>