Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
हेमा भट्ट हेमा भट्ट
२०७८ फागुन २० गते शुक्रबार

ब्यावसायिक तरकारि खेतिमा आकर्षित हुँदै कन्चनपुरका किसान

व्यावसायिक तरकारी खेतीमा आकर्षित हुदै कञ्चनपुरका कृषक, अन्य खेतीबाली भन्दा तरकारी खेतीबाट फाइदा हुन थालेपछि कञ्चनपुर जिल्लाका कृषकहरु व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन । सरकारी र गैर सरकारी क्षेत्रबाट अनुदान र सीप तालिमको व्यवस्था हुन थालेपछि कृषकहरु थप उत्साहित भएका छन । बेलौरि नगरपालिका वडा न।ं ३ पडाउका कृषकहरु टनेल निर्माण गरेर मौसमी र बैमौसमी तरकारी उत्पादन गरिरहेका छन । काक्रा, टमाटर , काउली, रायो लगायतका हरियो सागपात र तरकारी कृषकहरुले उत्पादन गरिरहेका छन । धान,गहु बालीभन्दा तरकारि खेतिबाट राम्रो आम्दानि हुने भन्दै तरकारी खेतीबाट मासिक ३० हजार सम्म फाइदा हुने गरेको कृषकहरुको भनाइ रहेको छ । तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि यसको क्षेत्र बिस्तार गर्ने भन्दै आफुहरुलाइ मल बीउमा सरकारले सहयोग गर्नुपर्ने कृषकहरुको माग रहेको छ । कृषकहरुलाइ उत्पादन बृद्धिका लागि nnswa र  बेलौरि नगरपालिकाले केही आर्थिक सहयोग  उपलब्ध गराएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख दिल वहादुर बिष्टले जिल्लालाइ तरकारीमा आत्मनिर्भर बनाउन सीप तालिम र अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभएको छ ।
सरकारी र निजी क्षेत्रबाट तरकारी उत्पादनमा बृद्धि गर्ने प्रयास भैरहेको भएपनि भारतसंग सीमा जोडिएको कञ्चनपुर जिल्लामा अझै पनि भारतबाट तरकारी आयात हुने भने रोकिएको छैन । समयमा मल बीउ उपलब्ध भए तरकारी उत्पादनमा बृद्धि संगै कञ्चनपुर जिल्ला तरकारीमा आत्मनिर्भर हुने कृषकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>