किरन धामी- सहकारी संस्थाहरुको व्यावसायिक योजना तयारी तालिम कार्यक्रम सम्पन्न भएको छ । बिहीबार देखी दिपायलमा सुरु भएको तालिम शनिवार सम्पन्न भएको हो । सायल र बोगटान फुड्सिलगाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आयोजनामा गरिएको तालिममा दुवै पालिकाका तिन वटा सहकारीको सहभागिता रहेको थियो । तालिममा सायल र बोगटानका १४÷१४ जना गरी २८ सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको परियोजनाका बोगटान जलस्रोत अधिकृत सुनिल विश्वकर्माले जानकारी दिए ।
सहकारीको प्रभावकारी व्यवस्थापनका लागी तालिम प्रभावकारी भएको एकता बहु उद्देश्य सरकारी संस्थाका अध्यक्ष टेकबहादुर बोहराले बताउनु भएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगका कारण पनि सहकारीको नियमित व्यवस्थापन तथा प्रभावकारी बनाउनका लागी काम भएको लगनशील महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सृजना डुम्रेलले बताइन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया