Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७८ फागुन २२ गते आइतबार

सरकारि बसकाे सहज र सस्ताे सेवा यात्रामा सहज

महाकालि नगरपालिकाले सस्ताे र सहज बस सेवा दिएकाे छ । नगरपालिकाले २ ओटा बस बाट बिहान देखि साझ सम्म सेवा दिईरहेकाे छ ।
महाकालि नगरपालिका क्षेत्रमा करिव २० किलाेमिटर टाढाबाट किसानहरु दूध, दहि, ध्यू, तरकारि लगायतका समान दार्चुला खलंगा बजारमा बेच्न आउने र जिपहरुकाे भाडा महङ्गाे पर्ने भएकाेले समस्यामा थिए ।
नगरका कार्यपालिका सदस्य तथा वडा ४ का अध्यक्ष पुष्कर जाेशि बताउछन किसानहरुकाे ठुलाे मिहेनतले गरेकाे उत्पादन बजार सम्म पुर्याउन जिपहरुमा भाडा महङ्गाे परेर किसानकाे हातमा पैसा बचत हुन गार्हाे देखेर केही भएपनि बचत र समयमा आवत जावतकाे सुबिधा हाेस भनेर  याे बिषय साेचिएकाे थियाे ।
दार्चुला जिल्लामा बढिजसाे ठाउमा जिपहरु चल्ने र आवश्यक यात्रु पुगेपछि मात्र जिप चल्ने भएका कारण बस चल्दा समयमा यात्रा गर्न पाईएकाे असिगडाका शिक्षक बिक्रम धामी बताउछन । धामि भन्दछन यात्रा बिश्वसनिय,सहज, सजिलाे र सस्ताे छ ।
गाडिका चालक भूपाल धामिका कारण यश क्षेत्रका यात्रुलाइ थप सेवा पुगेकाे सुर्काडा का किसान राजेन्द्र रैखाेला बताउछन , उनी भन्दछन कहिले हामिलाइ बाटाेमा पुग्न ढिला हुदा वा बजार बाट बसपार्क पुन ढिला हुदा फाेन गरेर पनि बाेलाइ दिन्छन, समान मात्रै पठाउदा वा मगाउदा पनि ल्याउने पुर्याउने गरिदिन्छन , जतिपल्ट भए पनि झर्काे नमानि काम गरिदिन्छन त्यसैले नगरपालिका र चालक दुबैप्रति आभारि रहेकाे बताउछन । चालक पनि आफ्नै पालिका र गाउका मानिसलाइ सेवा दिन पाएकाे छु, बिहान बिहान किसानहरु आफ्नाे उत्पादन लिएर बजार जान्छन दाेस्राे पटक अरु कर्मचारि तथा सेवाग्राहि जान्छन र तिनिहरुफाई नै फिर्ता घर पुर्याउने गरिन्छ त्ससैले यहाँ खुसि आफु रहेकाे बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>