Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ फागुन २३ गते सोमबार

युवा वर्गलाई बृहत यौनिकता शिक्षा बारे महेन्द्रनगरमा कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा बृहत यौनिकता शिक्षा विकास बारेमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

सोमबार बृहत यौनिकता शिक्षा बारेमा जानकारी नभएको हुँदा यसलाई सबैको पहुँचमा पुगोस् र यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य बारेमा युवाहरु मा जानकारी होस् भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।

कार्यशाला गोष्टिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला बाट १५ देखि ३० वर्षका युवा वर्ग, अपाङ्गता भएको व्यक्ति र यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकार सम्बन्धित कार्यरत संघसंस्थाका प्रतिनिधिहरु को उपस्थितिमा निलहिरा समाज र राईट हियर राईट नाउ ( एस आर एच आर) युवा र बिबिसी संस्थाले महेन्द्रनगरमा बृहत छलफलका साथै सुझाव संकलन कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा युवाहरु लाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्य बारेमाव राईट हियर राईट नाउ ( एस आर एच आर) परियोजना युवा संस्थाको तर्फबाट प्रोग्राम अफिसर बिपना श्रेष्ठ र निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले कार्यक्रम बारेमा प्रस्तुतीकरण दिनु भएको थियो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय (एलजिबिटीक्यू) समुदायले र युवा वर्ग अपाङ्गता भएका महिलाले लगायत व्यक्तिले खेप्नुपरेको समस्या समाधान बारेमा के कस्ता खालका रहेका छन् , अबका दिनमा यसबारे चुनौती र सुझाव लाई संकलन गरि त्यसको समाधानका साथै आगामी दिनमा थप यस्ता किसिमका कार्यशाला गोष्ठी र कार्यक्रमको आयोजनाको  आयोजना समेत गरिनु पर्ने निलहिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकाल बताउनु भयो। उनले भनिन् ' यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका हक अधिकारको पहिचानको लागि जनसमुदाय सम्म जनचेतना जोगाउनका मिडियाले पनि ठुलो भुमिका खेलेको र आगामी दिनमा पनि सम्पुर्ण संघसंस्थाको तर्फबाट यस्तै सहयोग रहि रहोस् निर्देशक ढकालले बताइन् ।

१५-३० वर्षका युवालाई विशेष लक्षित गर्दै उक्त कञ्चनपुरमा यस्तो खालको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>