राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ अध्यक्ष पाए सङ्गै पार्टीलाई नयाँ गतिमा लैजाने संकेत थालेका छन । राष्टिय प्रजातन्त्र पार्टीले राजा सहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, हिन्दुराज्य नेपाल प्रतक्ष निर्वाचित प्रधानमन्त्री, भष्ट्राचारमुक्त राष्ट्र सहितका आफ्ना एजेण्डालाई जनता माझ आएकाे छ ।
रा.प्र.पा ले कंचनपुर जिल्लामा आज विभिन्न स्थानमा गरेको कार्यक्रममा १६० भन्दा माथी अन्य पार्टीबाट आफ्नो पार्टी प्रवेश समेत गराएको भिमदत्त नगर अध्यक्षले समृद्धि पाेष्ट लाई बताएका छन ।
विहान ओपेरा होटलमा पत्रकार सम्मेलन पश्चात् भिमदत्त नगरपालिका १० जिमुवामा गरेको कार्यक्रममा पूर्व प्रहरी बरिष्ट उपरिक्षक समेत रहेका दुर्गा दत्त पन्त, काङ्ग्रेस क्रियासिल समेत रहेका टेक सिंह कार्कि, यादव सिंह बिष्ट, तिल्केनि बृद्धाश्रमका अध्यक्ष हर्क बहादुर बम लगायत १२७ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन भने त्यस्तै गरेर भिमदत्त नगर पालि - १३ को साझा चोकमा गरेको कार्यक्रममा हेलो मार्टका सञ्चालक बिराट चन्द जनता समाजवादि पार्टिका नेता रतन राज जोशी, दोधरा चादनि अस्पतालका नेत्र सहायक शुशान्क शाह लगायत ३४ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले आजका सबै कार्यक्रमहरुमा अध्यक्षता गर्नु भएको थियो भने भष्ट्राचारका विरोधी अभियन्ता बाट देशभरी नै आफ्नो छवि बनाउन सफल र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्दृय प्रवक्ता समेत रहेका ज्ञानेन्द्र ब. शाही प्रमुख अतिथी थिए ।
यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदुर पश्चिम प्रदेश अध्यक्ष समेत रहेका धर्मराज जोशी, केन्द्रिय सदस्य तिर्थराज चटौत तथा केन्द्रिय सदस्य नन्दा देवी जोशी लगायत विशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रम सन्चालन रा.प्र.पा. भिमदत्त नगरका नगर अध्यक्ष करन सिंह पालले गरेका थिए ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया