Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

दक्षिण एसिया क्षेत्रमा मिडियामा महिलाकाे नेतृत्वदायी भुमिका हुनुपर्ने

११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिडिया एक्सन नेपालले आयोजना गरेको दक्षिण एशियास्तरीय भर्चुअल छलफल कार्यक्रम मंगलबार समपन्न भएको छ। कार्यक्रममा नेपाल सहित भुटान, भारत, बाङ्लादेश र पाकिस्तानका मिडियामा उच्च तहमा कार्यरत मिडिया बिज्ञले दक्षिण एसियाका मिडियामा महिलाको नेतृत्वदायी भुमिका पुग्ने बाताबरण बनाउनु पर्ने बताएका छन।

कार्यक्रममा सञ्चार विज्ञ तथा अन्तर्राष्ट्रिय मिडिया फ्रिडम कोलिसन कन्सलटेटिभ नेटवर्कका सहअध्यक्ष लक्ष्मणदत्त पन्तले दक्षिण एशिया क्षेत्रमा महिला सहभागिता बढाउँदै महिला सहभागिता बढाउन तत्कालै मिडियाको स्वामित्व तथा लगानी जस्ता विषयमा संरचनागत रुपान्तरणको आवश्यकता रहेको बताए । तथापी अहिले सम्म तेस्ताकार्य एक दमै न्युन रहेको कुरा बताएका छन। त्यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय मिडिया तथा सञ्चार अनुसन्धान एशोसिएसनको पत्रकारिता अनुसन्धान र शिक्षा विभागकी अध्यक्ष डा सादिया जमिलले दक्षिण एसियामा जातजाती धर्म भाषा समाजमा नै लैंगिक असमानताले जरा गाडेर बसेकोले त्यसको प्रभाव पत्रकारिता क्षेत्रमा पनि रहेको बताइन् ।

कार्यक्रममा बोल्दै उनले कुनै पनि महिला जन्मजात बिशिस्ट क्षमता भएर नजम्ने तर काम गराइको निखारताले उ सबल हुने कुरा बताइन। कार्यक्रममा भारतको स्ट्रेट लाइनकी प्रधान सम्पादक पल्लभी सरिनले अहिलेको दक्षिण एसियामा रहेको लैंगिक विभेद र गलत दृष्टिकोणले महिला पत्रकारहरुलाई कार्यक्षेत्रमा गएर समाचार संकलन गर्न पनि कठिन भएको जानकारी दिइन् । उनले कतिपय महिला पत्रकारहरुसँग मानिसहरुले आफ्नो विचारहरु समेत राख्न नचाहने अनुभव सुनाइन् । उनले यसको लागि महिला पत्रकारहरुलाई हेर्ने दृष्टिकोण बदलेर सहयोगी भावनाको विकास गर्न जरुरी रहेको बताइन् । बंगलादेश महिला पत्रकार समितिकी अध्यक्ष नसिमा अक्तर सोमाले महिला पत्रकारहरु आफ्नो पेसामा अगाडि बढ्न पुरुष पत्रकारहरुको सहयोगको पनि त्यत्तिकै आवश्यकता पर्ने बताइन् । उनले भनिन्, ‘सहकर्मी पुरुष साथीहरुको सहयोगले मात्र महिलाहरु समाचार कक्षभित्र निर्णायक पदमा पुग्न सक्छन् ।’

त्यस्तै, भुटानकी अग्रज पत्रकार टासी डेमाले महिला पत्रकारहरुलाई निर्णायक र नेतृत्वदायी अवस्थामा पुर्याउन पेसागत अभिवृद्धिका तालिमहरु आवश्यक रहेको विचार राखिन् । उनले भनिन्, ‘महिला पत्रकारहरु सक्षम भएपछि मात्र पेसागतरुपमा अगाडि बढ्न सक्छन् ।’ कार्यक्रममा मिडिया एक्सन नेपालकी उपाध्यक्ष प्रियंका झाले नेपालमा महिला पत्रकारहरुको अवस्थासहित नीतिगत र कानुनी पक्षको बारेमा जानकारी गराएकी थिइन् । मिडिया एक्सन नेपालकी गण्डकी प्रदेश संयोजक दुर्गा राना मगरले सहजीकरण गरेको कार्यक्रममा नेपालसहित दक्षिण एसिया क्षेत्रका ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो । मिडिया एक्सन नेपालले विगत आधा दशक अगाडिदेखि प्रेस स्वतन्त्रता, जवाफदेहिता र मिडिया अनुसन्धानको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>