Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २६ गते बिहिबार

सुदूपश्चिम बिश्वबिध्यालय खेल सप्ताहमा  बिवाद ।

सुदूरपश्चि विश्वविद्यालय केन्द्रीय क्याम्पसले बिहीबारदेखि खेल सप्ताह कार्यक्रम शुरु गरेको छ । मानविकीय तथा समाजशास्त्र संकायका डिन डा. मुकुन्द बल्लभ कलौनीको प्रमुख आथित्यमा खेल सप्ताह शुरु भएको थियो । खेल सप्ताह शुरु गरेकै दिन बबण्डर मच्चिएको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले खेल सप्ताह उद्घाटनकै दिन तोडफोड गरेको छ । अनेरास्ववियूले विश्वविद्यालयले विद्यार्थी संघ संगठनसंग भएको सहमती उलङघन गर्र्दै खेलकुद सप्ताह संचालन गर्न खोजेको भन्दै तोडफोडमा उत्रिएका छन ।

अनेरास्ववियूले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तोडफोड गरिदिएका छन । उनीहरुको तोडफोडबाट शाखामा क्षति पुगेको छ । अनेरास्ववियू सुप विश्वविद्यालय इन्चार्ज तोयराज जोशीले केही दिन अघि खेल सप्ताहमा विश्वविद्यालयसंग कुनैपनि विद्यार्थी संघ संगठनलाई आशनग्रहण नगर्ने नगराउने सहमती भएपनि उक्त सहमती भएको विषय उलङघन गरेको बिरोधमा तोडफोड गरेको बताए । ‘यो विश्वविद्यालयले हामीसंग गरेका सम्झौता अनुरुप कार्यक्रम संचालन गरेन, ‘उनले भने, ‘त्यही भएर तोडफोड गरेका हौँ ।’ अनेरास्ववियूका अर्का विद्यार्थी नेता गोबिन्द धामीले विश्वविद्यालयबाटै सहमती उलङघन भएकोले आफ्नो विद्यार्थी संगठन आन्दोलित भएको बताए । अनेरास्ववियूले राजनीतिक भागबण्डामा आएका शिक्षक, कर्मचारीले आफ्ना मान्छेलाई खेलकुदमा जिताउन प्रपञ्चका साथ अनेकन हतकण्डा गरेर संगठनलाई उपेक्षा गर्न खोजेको जनाएको छ ।

सुप विश्वविद्यालयमा भएका भ्रष्टाचार, बेथिति, चरम परिवारवाद, क्षेत्रीयता, राजनीतिक चाकडी अन्त्य गर्नका लागि अनेरास्ववियूले निरन्तर आन्दोलन गरिरहेकै बेला खेलकुद सप्ताहमा समेत राजनीति गर्न खोजेको भन्दै आन्दोलित हुनु परेको दावि गरेको छ । पार्टी, नेताका चाकडी गरेर विश्वविद्यालय छिर्ने अनि ठुला आर्दश नियमको कुरा गरेर फरक विचारधारा राख्ने विद्यार्थीमाथि विभेद गर्ने परिपाटीका कारण विश्वविद्यालय धरासयी बनिरहेको उनीहरुको आरोप छ । विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख शंकर पुजाराले उद्घाटनका दिन सबै विद्यार्थी संघ संगठनसंग बसेर बाहिरबाटै सहयोग गर्ने मौखिक सहमती भएको बताए । ‘उद्घाटनका दिन विद्यार्थी संघ संगठनसंग ंआशन ग्रहण नगर्ने सहमती भएको थियो, ‘उनले भने, ‘आज आएर केही संघ संगठनले आशन ग्रहण गर्नुपर्छ भने, अनेरास्ववियूले त्यसमा सहमती रह्यो ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>