Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २७ गते शुक्रबार

रुसले २ सय बस्तुकाे निर्यातमा प्रतिबन्ध लगायाे


रूसले सन् २०२२ को अन्त्यसम्म आफ्ना देशबाट हुने २ सय भन्दा बढी विभिन्न सामाग्रीको निर्यातमा रोक लगाएको छ। 

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रूसले त्यसको जवाफी कदम चालेको हो।

रूसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनको निर्यातमा डिसेम्बर अन्तिमसम्म रोक लाग्नेछ ।

थप प्रतिबन्धमा रूसी बन्दरगाहमा विदेशी पानीजहाजलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने रूसको अर्थ मन्त्रालयले जनाएको छ। ‘यो उपाय रूसमाथि थोपिरिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो’, रुसी अर्थ मन्त्रालयले भनेको छ।

अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ रूसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।

रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>