Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २७ गते शुक्रबार

रुसले २ सय बस्तुकाे निर्यातमा प्रतिबन्ध लगायाे


रूसले सन् २०२२ को अन्त्यसम्म आफ्ना देशबाट हुने २ सय भन्दा बढी विभिन्न सामाग्रीको निर्यातमा रोक लगाएको छ। 

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रूसले त्यसको जवाफी कदम चालेको हो।

रूसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनको निर्यातमा डिसेम्बर अन्तिमसम्म रोक लाग्नेछ ।

थप प्रतिबन्धमा रूसी बन्दरगाहमा विदेशी पानीजहाजलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने रूसको अर्थ मन्त्रालयले जनाएको छ। ‘यो उपाय रूसमाथि थोपिरिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो’, रुसी अर्थ मन्त्रालयले भनेको छ।

अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ रूसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ।

रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>