Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन २८ गते शनिबार

जनताको घरघरमा गएर एमसीसीबारेको भ्रम चिर्छौः केन्द्रिय सदस्य महर

नेपाली कांग्रेसले जनताको घरघरमा गएर अमेरिकी सहायता परियोजना एमसीसीबारे छरिएका भ्रम चिर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैन सिंह महरले बताए ।

शनिबार नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले त्यसो भनेका हुन् । उनकाअनुसार फागुन २९ गते देखी एक महिना सम्म ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर कांग्रेसले एमसीसीबारे जनतामा छरिएका भ्रम बुँदागत रुपमा चिर्नेे छ ।

एमसिसि सम्झौताको केही राजनितिक दल र केही व्यक्ति बाहेक किसान,मजदुर,व्यपारी,वुद्धिजिवि सबै जनताले स्वागत गरेका नेता महरले बताए ।

‘एमसिसि बारे केही पार्टी र व्यक्तिले आफ्नो स्वास्र्थको लागि बुझेरपनि बुझपचाइरहेका छन् । र जनतामा भ्रम फैलाईरहेका छन् ।’ नेता महरले भने ‘अन्य राजनितिक दलको जस्तो सत्तामा हुदाँ एउटा कुरा सत्ता बाहिर हुदाँ अर्को कुरा हामीे गर्दैनौँ त्यसैले अब जनतामा छरिएका भ्रम चिर्न नेपाली काँग्रेस भोली फागुन २९ गतेबाट जनताको घरदैलोमा गएर एमसिसि बारे फैलाइएका भ्रम चिर्छ र वास्तविकता प्रष्टसँग जनतामाझ राख्छ ।’

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए ।

त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने नेता महरले बताए ।

त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ । अभियानका क्रममा कांग्रेसले प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका बाबजुद संविधानको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा सरकारमा जानु परेको यथार्थ पनि जनता सामु राख्ने नेता महरले बताए ।

‘अभियानका क्रममा काँग्रेसले संविधानको रक्षाका लागि सरकारमा जानु परेको यथार्थ र तत्कालीन नेकपा नेतृत्वको सरकारको तीन वर्षीय कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण पनि उठाउने छ ।’ उनले अगाडी थपे ‘केपी ओली नेतृत्वको सरकारले घोषणा पत्रमा उल्लेख गरेका मध्ये १ प्रतिशत काम समेत गरेको छैन ।’

यस्तै कांग्रेसले आफ्नो नेतृत्वमा विगतमा हासिल गरेका राजनीतिक र आर्थिक उपलब्धीहरु पनि जनतासामु विस्तृत राख्ने केन्द्रीय सदस्य महरले बताए । यस्तै उनले अभियानका क्रममा काँग्रेसले जनताको चुलोको समस्या देखी राष्ट्रिय समस्या उठान गर्ने र ती समस्यालाई समाधान,कार्यान्वयन समेत गर्ने उनले बताए ।

‘काँग्रेसले जनताको चुलोको समस्या देखी राष्ट्रिय समस्या उठान गर्दै कार्यान्वयन समेत गर्ने छ ।’ उनले भने ‘ र काँग्रेस जनताको मन जितेर मत जित्न चाहन्छ ।’ कार्यक्रममा बोल्दै नेता महरले काँग्रेसले चुनावी गठबन्धन स्थानिय तहलको आवश्यकताका आधारमा गर्ने समेत बताए ।

‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत केन्द्रिय नेताहरु ७७ वटै जिल्ला ७ सय ५३ स्थानिय तह र ६ हजार ७ सय ४३ वटै वडामा पुग्ने भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>