Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ फागुन ३० गते सोमबार

'पीर'लाई लिएर प्रचण्डको टिप्पणी : प्रकाश सपुत सामाजिक विषयमा गीत बनाउँछन्, बहस चलिरहन्छ उत्तेजनामा आउन आवश्यक छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गायक प्रकाश सपुतको गीतमा आपत्ति जनाउनुपर्ने विषय नभएको बताएका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमवार बिहानै धनगढी आइपुगेका प्रचण्डले गेटा विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आफूले गीत पुरा हेरिनसकेको समेत बताए। प्रकाश सपुतको पछिल्लो गीत विवादमा आएको छ, तपाईले कसरी हेर्नुभएको छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, 'मैले त्यो गीत पुरा हेर्नै पाएको छैन। मिडियामा आएका क्रिया प्रतिक्रिया हेरेको छु। तर गीतलाई लिएर आपत्ति नै जनाउनुपर्ने मलाई लाग्दैन।'

कलाकार र सर्जकहरुले आफ्नो दृष्टिकोणअनुसार विभिन्न रचना गरेका हुने उल्लेख गर्दै प्रचण्डले प्रकाश सपुतको पछिल्लो भिडियोले समेत एउटा विचारको प्रतिबिम्बन गरेको प्रतिक्रिया दिए। प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन्। डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्‍यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ।’

सपुत गम्भीर सामाजिक विषयमा गीत निर्माण गर्दै आएको बताउँदै प्रचण्डले जनयुद्धलाई समग्र कसरी हेर्ने र यसको प्रभाव तथा असरको बहस लामोसमयसम्म चल्दै जाने बताए। माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरिए गलत हुने उनको भनाई थियो। ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ। त्यसका धेरै आयामहरु छन्। धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने।

प्रचण्डले जनयुद्धमा सहभागी लडाकुहरु दुबई, कतार, मलेसियामा कष्टपूर्ण जीवन बिताइरहेको आफूले देखेको भन्दै अगाडि भने, 'मैले जतिलाई भेटे, उहाँहरु त्यति दु:ख गरेर पनि मलाई भन्नुहुन्थ्यो, कमरेड, तपाईले फेरी पनि अप्ठ्यारो परे भन्ने भन्नुस्, जस्तोसुकै त्याग र संघर्ष गर्न तयार छौं। हामी विचलित भएका छैनौं। राष्ट्रको निम्ती, शान्ति प्रक्रियामा आउनैपर्थ्यो, आइयो। सोचेजस्तो नभएपनि देशका उत्पीडित वर्ग, जाति, लिंग र समुदायले केही न केही अधिकार पाएकै छन्। गणतन्त्र र समावेशी समानुपातिक संरचना बनेको छ। यसमा गर्व गर्नु पर्ने ठाउँ छ भन्नेहरु पनि छन्।' 

प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने विषयमा छलफल भइरहेकोसमेत बताए।

'गठबन्धनमा यो विषयमा छलफल भएको छ,' उनले भने, 'कांग्रेसको सहभागिता प्रदेश सरकारमा छैन, यो विषयमा बैठकमा कुरा भयो। तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्‍यो भनेर अनुरोध गरिएको छ।'

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा यो विषयमा छलफल गर्ने बताएकोसमेत प्रचण्डले जनाए।

 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>