Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन ३० गते सोमबार

मेघा बैकको सहयोगमा प्रज्ञान दृष्टि स्मार्ट एजुकेसनद्वारा विद्यालयलाई अफलाइन शैक्षिक सामग्री उपलब्ध

चैतन्य माध्यमिक विद्यालयका  विद्यार्थीहरुले पाए eguru app मार्फत पढ्ने अवसर
बनेपा नगरपालिकामा रहेको चैतन्य माध्यमिक विद्यालयमा बिना इन्टरनेट प्रयोग गर्न सक्ने भनगचग मोबाइल एपको सुरुवात भएको छ । मेघा बैंकको वित्तीय सहयोग र प्रज्ञा दृष्टि स्मार्ट एजुकेसनको प्रविाधिक सहयोगमा यस विद्यालयका सम्पुर्ण शिक्षकहरुलाई शिक्षण सिकाइमा यस एपको प्रयोग सम्बन्धी तालिमका साथै विद्यार्थीहरुलाई पनि यस एपको प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको थियो । यस eguru app को माध्यमबाट कक्षा ६ देखि १० कक्षा सम्मका  सम्पूर्ण अनिवार्य विषय वस्तुको नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रबाट प्रमाणित video कक्षाहरु बिना इन्टरनेट नै  विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपमा राखेर प्रयोग  गर्न सक्छन् । कार्यक्रम उद्घाटन बनेपा नगरपालिकाका शिक्षा प्रमुख श्याम सिंह धामी, प्रमुख आतिथ्यता, मेघा बैंक बनेपा शाखा प्रमुख श्रेष्ठ साथै विद्यालयका प्रधानाध्यापक जुजू भाई श्रेष्ठको आतिथ्यता  र विभन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा भएको थियो । उद्घाटन समारोहमा बोल्दै शिक्षा प्रमुख श्याम सिंह धामीले अबको समयमा शिक्षाको एकोहोरो माध्यमबाट नगरी यस्ता प्रविधि विद्यालयमा भित्र्याउँदै  शिक्षण सिकाइलाई बालमैत्री र प्रभावकारी बनाउनु पर्ने कुरालाई जोड दिँदै यस्तो शैक्षिक सुधारको कार्यक्रमको अभियानमा मेघा बैंकले गरेको सहयोगप्रति  आभार सहित धन्यवाद–ज्ञापन गर्नुभयो । साथै मेघा बैंक बनेपा शाखा प्रमुख श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा विकासको लागि यस कार्यक्रमलाई प्रभावकारी बनाई दिनहुने शिक्षक र विद्यालय प्रशासनसँग विशेष अनुरोध गर्नुभयो । यस कार्यक्रमको एक वर्षसम्मको  प्राविधिक सहयोग प्रज्ञान दृष्टि स्मार्ट एजुकेसनले दिनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>