Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन ३० गते सोमबार

३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्दै ग्रीन भेन्चर्स

ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
कम्पनीका अनुसार कुल ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (९३ हजार ७५० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिनेछ । 
इच्छुक लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री खुल्ला भने आगामी चैत ८ गतेदेखि ११ गतेसम्म जारी रहने र सो अबधिमा माग गरेबमोजिम आवेदन नपरे चैत २२ सम्म निष्कासन खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु ४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>