Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०१ गते मङ्गलबार

कंचनपुर जिल्ला समन्वय समितिकाे दिन आराेप प्रत्याराेपमा बित्दै ।




जिल्ला समन्वय समिती कञ्चनपुरमा समन्वय अधिकारी र अध्यक्ष बिच दोहोरो आरोप प्रत्यारोपको जुहारी चलेको छ । अहिले जिल्ला समन्वय समितीको कार्यालयका अधिकारी खेम प्रशाद चौधरी र प्रमुख फैरु तामाङ एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आई रहेका छन् । मंगलवार अध्यक्ष तामाङले आफनै कार्यकक्षको हलमा पत्रकार सम्मेलन गर्दै अधकिारी चौधरी आएको करिब तिन महिना पुग्नै लाग्दा उनको अनुहार सम्म देख्न नपाएको बताएका छन् । यस कार्यालयमा जिल्ला समन्वय अधिकारी पदमा सरुवा भएका उपसचिव चौधरीले समितिसंग कुनै पनि समन्वय नगरेको र समितिको कामकाजमा समेत ध्यान नदिएको र जसका कारण समितिका कार्यक्रम देखि अनुगमन लगायत कार्यालय सञ्चालनमा प्रभाव परेको उनले आरोप लगाए ।

चौधरीले पौष ८ गते मुख्यमन्त्री कार्यालयबाट रमाना लिई मिति ९ गते जिल्ला समन्वय समितिको कार्यालय कंचनपुरमा हाजिर भएका छन् । तर उनले साउन देखिकै सेवा सुविधा माग गरेको र हाजिर भएपछि पनि उनी कतिबेला हाजिर लगाउछन्, कतिबेला आउछन् र कतिबेला जान्छन् कुनै पनि पदाधिकारी र अन्य कर्मचारीसंग समन्वय तथा भेटघाट नगर्ने, दैनिक कार्यालयमा नआई एकमुष्ठ हाजिर लगाउने गरेको अध्यक्ष तामाङले बताए । “चौधरीले यहाँ हाजिर हुनु भन्दा पहिले देखिको तलब भत्ता खान खोजेका छन् ।”उनले भने, “यस विषयमा समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमा राय माग्दा निजामति सेवानियमावली २०५० को नियम ९२ अनुसार बाटो म्याद बाहेकको सेवा सुविधा दिन नमिल्ने राय दिएको छ ।” उनले यहाँ हाजिर हुनुभन्दा पहिलेको सेवा सुविधा नपाएपछि समिति र पदाधिकारी माथि आरोप प्रत्यारोप सगै दुर्व्यवहारमा उत्रेका छन् ।

यसबारे चौधरी यसअघि कार्यरत जिल्ला समन्वय समिति बर्दिया र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा पत्राचार गर्दा गत आ.व. २०७७ माघ १६ गते मन्त्रालयबाट सरुवा भएदेखि ६ महिनामा १४ दिन मात्र हाजिर भएको र कार्यालयमा अनुपस्थित रही तलबभत्ता खाई राज्यलाई ठगी गरेको उनले बताए । कार्यालय प्रमुख खेम प्रसाद चौधरीले यहाँ हाजिर भएपछि गैर जिम्मेवारी पूर्वक कार्यालयमा मनोमानी ढङ्गले उपस्थित हुने, हाजिरी लगाउने र कार्यालयको काम नियमित नगर्ने लगायत अमर्यादित कार्य गरेको आरोप लगाए । कर्मचारी देखी समन्वयका अन्य सदस्यहरुले पनि खाईपाई आएको सेवासुविधा पनि नदिएको र पानी पनि खानको लागि आफै खर्च गर्ने किनेर खाने भन्दै अभद्र व्यवहार देखाएको सदस्यहरुले आरोप लगाएका छन् । उक्त विषयमा सम्पुर्ण कागजात संघिय मनत्रालय, प्रदेशको मुख्यमन्त्रीको कार्यालय जिल्ला प्रशासन कार्यालय कोलेनिका कार्यालय लगायतमा पेश गरिसकेको र कुनै पनि निकायबाट यस्को पहल नभएको प्रमुख तामाङले बताए ।

यता, अधिकारी चौधरीले प्रमुख तामाङले आफुलाई काम गर्ने वातावरण नगराएर यताबाट लखेट्न खोजेको बताएका छन् । उनले तामाङले नै कानुन विपरित कार्य गरेको आफनै छोरालाई स्वकिय सचिवमा राखेर कार्यालयमा नआई एकमुष्ट हाजिरी लगाउने, स्थायी कर्मचारीको हाजिरी रजिस्टर म कहाँ छोडने र करारमा राखेका कर्मचारीको हाजिरी आफै राख्ने, समितीका सदस्यहरुले मनोमानी गरेर सवारी साधन लगायत संचालन गरेको तर विवरण नराखेकोे आरोप लगाएका छन् । त्यसै गरी समन्वय समितिका कार्यालय प्रमुख खेमप्रसाद चौधरीले भने कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे । ‘आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो ।’ चौधरीले भने, ‘अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन् ।’

उनले पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको बताए । ‘तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो’, उनले भने, ‘त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो ।’ गत फागुन २५ गते जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारी सहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै आधा घण्टा थुनेका थिए ।


प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>