Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०१ गते मङ्गलबार

एमसिसि पास गरि, महाअभियाेग धकेलेर संसद अत्य भएकाे छ ।
फाइल तस्बिर

गत भदौ २३ गतेदेखि सुरु भई फागुन २९ गते बैठक बसेर प्रतिनिधि सभाको नवौं र दशौं अधिवेशन एकदिन पनि सहज ढंगले सुचारु नभई अन्त्य भएको हो । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसदको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको भन्दै निरन्तर रुपमा संसद बैठक अवरुद्ध गर्दै आएको थियो । जसका कारण संसदको मुख्य जिम्मेवारी रहेको जनताको  आवाज उठाउने, सरकारलाई खबरदारी गर्ने र कानुन बनाउने काम प्रभावित भयो । संसदमा भएको निरन्तरको अवरोधका कारण ४२ विधेयक अलपत्र पर्याे भने अन्तिम अवस्थामा पुगेको संघीय निजामती सेवा विधेयक र रेल्वे विधेयक फिर्ता लिएको लियो ।  
गत भदौ २३ देखि सुरु भएको नवौं अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । यस्तै मंसिर २८ गतेदेखि सुरु भएको दशौं अधिवेशन फागुन २९ गतेसम्म चल्यो । प्रतिनिधि सभाको नवौंं र दशौं अधिवेशन बीचको कुल १ सय ८७ दिनको समय संसदले प्रभावकारी भूमिका खेल्न सकेन् । दशौं अधिवेशनको मुख्य उपलब्धीका रुपमा सरकारले पेश गरेको अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएकाे थियाे ।गत फागुन १५ गते एमालेको नाराबाजीका बीच एमसीसी परियोजना पारित गरिएको थियो । फागुन २९ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर बिरुद्धको महाभियोग सभामा प्रस्तुत गरिएको थियो । सरकारले योबीचमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमतीमा ल्याउन प्रयास गरेपनि एमालेले आफ्नो अडान नछोड्दा संसद प्रभावकारी रुपमा सञ्चालन हुन सकेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>