Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ चैत ०२ गते बुधबार

१५ आै सस्करणकाे सुदूरपश्चिम महाेत्सबकाे तयारि सुर

 कैलालीको धनगढीमा सुदूरपश्चिम महोत्सवको तयारी भइरहेको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा यही चैत्र १० देखि २० गतेसम्म सञ्चालन हुने ‘सुदूरपश्चिम महोत्सव २०७८’ मा एक करोड बढी लगानी गर्न लागिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनु भयो । महोत्सवमा ३ सय भन्दा बढी सङ्ख्यामा व्यापारिक स्टलहरू रहने र ४ लाख व्यक्तिले महोत्सव अवलोकन गर्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । समृद्ध सुदूरपश्चिम बनाउने अभियान अन्तर्गत यो महोत्सवको १५औँ संस्करणको रूपमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई चलायमान बनाउन महोत्सव उपलब्धिमूलक हुने आयोजकले विश्वास व्यक्त गरेको छ । महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी र कृषिमा आएको प्रविधिसँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने आयोजकले जनाएको छ । 

उक्त महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको लागि सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, सांस्कृतिक कला, खानपान, भाषाको संरक्षण गर्दै व्यावसायिक सफलता प्राप्त गरी जनताको गुणस्तरीय जीवनमा सहयोगी सिद्ध हुने आयोजकको दाबी छ । महोत्सवको मुख्य प्रायोजक, विभिन्न विधाका प्रायोजक बनी सहयोग गरिदिन हुन सङ्घीय, प्रदेश र स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्था, व्यावसायिक कम्पनी, बैङ्क तथा वित्तीय संस्था, उद्योगी व्यवसायी सम्पूर्णमा अनुरोध गरिएको छ । बिहान ११ बजेदेखि राती ८ बजेसम्म सञ्चालन हुने उक्त महोत्सवमा सहभागिताका लागि सबै पक्षलाई आयोजकले आह्वान गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>