Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत ०२ गते बुधबार

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयक प्रादेशिक स्तरको अन्तक्रिर्या सम्पन्न

सुदूरपश्चिम प्रदेशको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको विषयमा प्रादेशिक स्तरको अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिएको छ।

बुधबार 'युएसआडी एफ एच आई थ्री सिष्टिको (सिएसम्याप) प्रयोजनाको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा निल हिरा समाज काठमाडौ र सुदूर पश्चिम समाज धनगढीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा सुदूर पश्चिम समाजका अध्यक्ष करुणा नेपालको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय सामाजिक विकास मन्त्री लाल बहादुर खडका को प्रमुख आतिथ्यमा सरोकारवाला निकायहरू संग यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्धाहरु विषयक सम्बन्धमा प्रादेशिक स्तरको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो।

समाजका हरेक मानिस सरह यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिलाई पनि समान आधारमा हेर्न सक्ने गरि कार्य योजना बनाउनु पर्ने देखिन्छ। तथ्यांक एकिन नहुदा जनगणनाको आधारमा एकिन तथ्यांक आउँदा कार्ययोजना निर्धारण गर्न सहज हुने र यो संगै यो समुदायका व्यक्तिलाई रोजगार उन्मुख बनाउनको उत्पादन शिल कार्यमा लगाउनको लागि रोजगार कार्यक्रम गर्ने छौँ'  सामाजिक विकास मन्त्री लाल बहादुर खडका ले भन्नू भयो।

यो समुदायको जनगणनाको तथ्यांकको आईसके पछी कार्य निर्देशिका बनाउनमा सहज हुने हुँदा यो आवश्यक रहेको छ।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका मुद्दाहरुको बारेमा सरोकारवाला निकाय संग (एलजिबिटिआई क्यू)को समान प्रतिनिधित्व र मतदाता  अधिकार संग सम्बन्धि , वैवाहिक समानता ,समान रोजगारी र सामाजिक सुरक्षा योजना ,लाल्छेना र भेदभाव सम्बन्धि   मुद्दा हरु बिषयमा निल हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालले प्रस्तुतीकरण दिनु भएको थियो ।

यसरी कार्यक्रम गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएकोमा धन्यवाद दिदै आगामी दिनमा प्रदेश सरकार नीति बनाउदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका बारेमा विशेष मध्यनजर गर्दै नीति तथा कार्ययोजना तयार गर्ने समेत सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सचीव रिता भण्डारि जोशिले प्रतिबद्धता समेत जनाउनु भयो। उनले भने ' कार्ययोजना तथा नीति निर्माण गर्दा तथ्यांक एकिन नहुदाँ केही समस्या आउने र जनगणनाको आधारमा तत्काल एकिन तथ्यांक होस् सचीव भण्डारी जोशीले बताइन् ।

समानता र समताको कुरामा आधारित रहेर यो समुदायका मुद्दा लाई पनि उठान गर्न सधै अग्रसर रहने राष्ट्रिय  मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख महोन राज जोशिले पनि बताउनु भयो।

पा्रदेशिक स्तरको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सुदूर पश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले गर्नु भएको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>