नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ।
इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएपछि आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ५ रूपैयाँले बढाएको छ।
बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।
हवाई इन्धनको मूल्य पनि बढेको छ। आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २ सय डलर वृद्धि भएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नुपर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया