Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
बेलडाडि
२०७८ चैत ०५ गते शनिबार

ऐरि परिवारलाई माननियकाे सान्वना सहयाेग गर्ने प्रतिबद्धता

कंचनपुर क्षेत्र नम्बर १ कि माननीय सासंद तथा नेकपा माओवादी केन्द्रकी नेतृ  बिना मगरले बेलडाँडीको एक शोकाकुल परिवारसंग भेटघाट गरेकी छिन । 

शनिबार पुर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकी केन्द्रीय सदस्य मगरले बेलडाँडी गाँउपालिका १झर्नासागरका शोकाकुल ऐरी परिवासंग भेटघाट गरेकी हुन । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना मगर, केन्द्रीय सदस्य दिपा चौधरी, सहितका स्थानीय नेताहरुको उपस्थितिमा गाँउ कमिटिका अध्यक्ष डम्बर बहादुर शाह, सचिव चेत बहादुर शाहले आर्थिक सहयोग गरेका हुन ।
आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारलाई माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले दिएको १३ हजार १सय १५रुपैयाँको चेक पुर्व खानेपानीमन्त्री समेत रहेकी माओवादी नेतृ बिना मगरले किरियापुत्री मिना ऐरीलाई हस्तान्तरण गरेकी छिन । मगरले शोकमा रहेका ऐरी परिवारलाई सान्त्वना दिदै आफ्नो तर्फबाट भावि दिनमा सहयोग गर्ने बचन दिईन । पुर्वमन्त्री मगरले आफ्नो विर्नाचन क्षेत्रका जनता शोकमा परेका बेला भेटघाट गरेसंगै शोकाकुल ऐरी परिवार एव स्थानीय हर्षित भएका छन । दुखमा परेका बेला जनताकै घर दैलोमा पुग्ने जनप्रतिनिधी भन्दै स्थानीय हर्षित भएका हुन । 

किरियापुत्री मिना ऐरीका श्रीमान एव कर्ण बहादुर ऐरीका जेठा छोरा दिपेन्द्र ऐरीको गत चैत्र २९मा अल्प आयुमै निधन भएको थियो । लामो समयदेखि बिरामी रहेका उनकाे परिवारले उपचारमा लाखौँ खर्च गरेका थिए । पुर्वमन्त्री मगरसंगगै माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपा चौधरी, माओवादी नेता मोहन गिरी, भुवन एसके, कल्पना गिरी, खडक थापा, ईश्वरी भट्ट, माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाह, सचिव चेत बहादुर शाह लगायतका स्थानीय नेताहरु सहभागि रहेका थिए । उनीहरुले समेत विपन्न ऐरी परिवारलाई आर्थिक, भौतिक एव नैतिक साथसर्मथन गर्ने बचन दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>