Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०६ गते आइतबार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आगामी चुनावमा सहभागिता हुने–नहुनेबारे दुई लाइन देखिएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले चुनावलाई उपयोग गर्ने नीतिका साथ राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफलमा सहभागी केन्द्रीय सदस्यहरुले फरक फरक धारणा राखेका हुन् ।
आजको बैठकमा १० जनाले आफ्ना धारणा राखेका छन् । विप्लवले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गरेपछि आजदेखि आफ्ना धारणा राख्ने क्रममा आज १० जनाले विचार प्रस्तुत गरेका हुन् । शनिबार ४ जना स्थायी समिति सदस्य र ६ जना केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आफ्ना धारण राखेको एक नेताले जानकारी दिए । 
सुरुमा समूहगत रुपमा छलफल गर्ने तयारी भएपनि सबैले आ–आफ्ना राख्न चाहेपछि  केन्द्रीय सदस्य र स्थायी समिति सदस्यहरु दुवैले आ आफ्ना धारणा राखेका हुन् । धारणा राख्नेमा ६ जना केन्द्रीय सदस्यहरु मध्ये  तीन जनाले चुनाव बहिस्कार गनुपर्ने बताएका छन् । यस्तै ३ जनाले प्रयोग गनुपर्ने धारणा राखेको माओवादी स्रोतले बताएको छ ।
बैठक आईतबार विहान ८ बजेदेखि पुनः सुरु हुने केन्द्रीय सदस्य पदम जिसीले बताए । बैठकमा धारणा राख्ने धेरै भएपछि बैठक लम्बिन पुगेको हो।   चुनावको मिति नजिकिदै जाँदा सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपाले लिने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>