Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०६ गते आइतबार

सुदूरपश्चिम माओवादीमा जिल्ला र पालिकाका पदाधिकारी चयन

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका नौवटै जिल्ला समन्वय समिति, तल्ला तहका कमिटी तथा जनबर्गीय संगठनका पदाधिकारीको टुङ्गो लगाएको छ । माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारीको बैठकले जिल्ला सहइन्चार्ज, जिल्ला संयोजक, सचिव, प्रदेश र संघीय निर्वाचन क्षेत्र तथा पालिकाका इन्चार्ज, सहइन्चार्ज, विभागीय प्रमुख, फ्याक्सन इन्चार्जलगायत पदाधिकारीको टुङ्गो लगाएको हो । 
बैठकले माओवादी कैलाली जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी, डोटीको संयोजकमा कमल गड्सीला, अछाममा रबिन्द्र साउँद, बाजुरामा दिपक बुढा र बझाङमा टोपबहादुर खड्कालाई चयन गरेको छ । यस्तै डडेल्धुरामा उमेशप्रसाद भट्ट, कञ्चनपुरमा खेम पाण्डेय र बैतडीमा शंकर भण्डारीलाई संयोजक चयन गरिएको माओवादी सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष अक्कल रावलले जानकारी दिए ।
जिल्ला सचिवहरु कञ्चनपुरमा सहबीर सुनार, डडेल्धुरामा लालबहादुर धामी, बैतडीमा रमेश चन्द, बझाङमा रतनबहादुर सिंह, बाजुरामा रमेश बिक, अछाममा उदयबहादुर बिष्ट र डोटीमा डबल सिंहलाई चयन भएका छन् । डोटीको सहइन्चार्जमा जंग बिक, मिनबहादुर घर्ती, भरत बोहरा ‘योगेन्द्र’ र छवि ओली, बैतडीको सहइन्चार्जमा प्रेमप्रकाश भट्ट, बिक्रम कुँवर र भुवनचन्द्र बिकलाई चयन गरिएको माओवादी प्रदेश कमिटी सचिव जनक बुढाले बताए ।
यस्तै बझाङ परमानन्द चिमाडी, बाजुरामा सुरेश रोकाया, बिनिता बिक र महेश शाही, अछाममा लोकबहादुर बोहरा ज्वाला, खडक रोकाया, लोकेन्द्र साउँद, लोकबहादुर बोहरा अबिरल, सरस्वती रावल, गोविन्द साउँद, जानकी साउँद र लोक बोगटीलाई सहइन्चार्जको जिम्मेवारी तोकिएको छ ।
बैठकले पालिका इन्चार्ज, सहइन्चार्ज, जनवर्गीय संगठन, मोर्चाका फ्याक्सन इन्चार्जको पनि जिम्मेवारी बाँडफाँट गरेको छ । यस्तै संगठन, युवा तथा खेलकुद, स्कूल, शिक्षा मावन स्रोत, श्रम, कृषि भूमिसुधार, निर्वाचन, पर्यटनलगायत विभिन्न विभागीय प्रमुखहरुको पनि जिम्मेवारी तोकिएको सचिव बुढाले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>