कैलाली, गौरीगंङ्गा नगरपालिका वडा नं ५ मा किशोरीलाई मनोसामाजिक विमर्श आत्मा रक्षा सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ समावेशी एक्सन ग्रुपले कार्यक्रम गरेको हो ।
वडा न ५ का वडा अध्यक्ष जङ्ग बहादुर विकले कार्यक्रमलाई सम्बोधन गर्दै किशोरी माथि हुने विभिन्न अपराधीक कामलाई निरुत्साहित गर्न किशोरी आत्मा रक्षा तथा मनोसामाजिक विमर्श कार्यक्रम सञ्चालनमा सहयाेग गरेकाे बताएका थिए । सुरक्षित समाजको परिकल्पना र परिवर्तनलाई सबैजनाले आफ्नो घर परिवार, टोल, गाउँ तथा समाजमा अनुसरण गरे छोरीहरुको सुरक्षाले र आत्मा सम्मान सहितको समुन्नत वडा बन्न सक्ने विश्वास व्यक्त गरेका थिए ।
ग्रुपका अध्यक्ष यसोदा बराल को अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथिमा कैलाली जिल्ला समन्वय समितिका उप-सयोजक सुन्दरी चौधरी रहेकी थिइन् ।
महोन्याल मा वि का प्रधानध्यापक केशव राज भट्ट, वडा सदस्य लीलाराम सदाशंकर, महिला हिंसा विरुद्ध वडा नं ५ का अध्यक्ष सरिता बिक , जनजागृती आ वि का निमित्त प्रधानध्यापक धनप्रसाद श्रेष्ठ, वडा सचिव ललित सिँह लगायत समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रकाश नेपालीले गरेका थिए ।
कार्यक्रममा वडाका ७० जना किशोरीले सक्रिय सहभागिता जनाएका थिए।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया