Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत ०७ गते सोमबार

१ कराेड भ्रष्टाचार भएकाे आराेपमा अख्तियारले भिमदत्तनगरका कागज नियन्त्रणमा लियाे

कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । आइतबार पत्रकार खेम भण्डारीले नगरपालिकाले नगरपालिकाभित्र बनेका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा १ करोड रुपैयाँ भ्रष्टाचार भएको १ दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दिएका थिए ।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले आफुहरुले नगरपालिका बाट कागजात नियन्त्रणमा लिएको र यसबारे सत्य तथ्य बुझी छानबिन गरिसकेपश्चात प्रकृया अगाडि बढाउने बताउनु भएको छ ।

पत्रकार खेम भण्डारीले १०वटा पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबी गरी उजुरी दिएका थिए ।
निम्न पुलकाे डिपिआर बारे उजुरि रहेकाे थियाे
नगरको वडा नं १९ को कालीखोला पुल–२, वडा नं. ९ का क्रमशः कामीकाटे खोला पुल र गताडी खोला पुल, वडा नं. ३ को खनिया खोला पुल, वडा नं. १८ को भासी खोला पुल, वडा नं. १९ को कालीखोला पुल–१, वडा नं. १३ महाकाली नदी तटबन्ध भएर जाने खोलामा पुल, वडा नं. १० को तिलकेनी खोला पुल, वडा नं. ९ र १० बीचको  खरिया खोला पुल तथा वडा नं. १५ को गोबरिया खोला पुलको एकसाथ डिपिआर बनाउने भन्दै कन्सल्टेन्सी कम्पनी छनोट गर्दा कानुन मिचेको भण्डारीको आरोप छ ।
नेपाल सरकार भौतिक योजना मन्त्रालय स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सडक पुल शाखाबाट डिपिआर स्वीकृत नगराई मल्ल एण्ड ग्रुप इन्जिनिजयरिङ कन्सलटेन्सीलाई कानुन विपरीत एक करोड रुपैयाँ भुक्तानी दिइएको पनि उनले दावी गरेका छन् । निर्माण सम्पन्न भइसकेको वडा नं. १३ को पुलको समेत डिपिआर बनाएर भुक्तानी दिइएको भण्डारीको आरोप छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>