अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्षमाथी आज महेन्द्रनगरमा साङ्घातिक हमला भएको आराेप छ ।
अनेरास्ववियु (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष टेकेन्द्र पाठक आफ्नो संगठनको काममा हिडिरहेको अवस्थामा भीमदत्त नगरपालिका वडा नं.४ गोवरीया बस्ने सुरज नाथ सहितको गिरोहले साङ्घातिक हमला गरेको अनेरास्ववियु (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज प्रकाश जप्रेलले हस्ताक्षर गरेको विज्ञप्ती उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ उक्त घटना प्रति तीब्र घृणा व्यक्त गर्दै घटनामा संलग्न अपराधीहरुमाथी कडा भन्दा कडा कारवाहीको माग गर्दै अन्यथा संगठन आफै जनकारवाहीको प्रकृया अगाडी बढाउने चेतावनी समेत विज्ञप्ती मार्फत सार्वजनि गरेका छन् ।
जिल्ला प्रहरी प्रवक्ता संग धटनाकाे बारेमा सम्पर्क गर्दा फाेन उठेन प्रहरिकाे कन्ट्राेलले त्यस बिषयमा जानकारी नभएकाे बताएकाे छ । ईन्चार्ज जप्रेलले घटना पछाडि जिल्ला प्रहरी कार्यालयमा जाहेरि दर्ता गरेकाे बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया