Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ०९ गते बुधबार

एमाले कंचनपुरले सबै वडामा एकै पटक प्रशिक्षण गर्दै
फाइल तस्बिर

नेकपा एमाले कञ्चनपुरले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ९२ वटै वडामा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

चैत्र १२ गते शनिवार जिल्लाभरका ९२ वटै वडामा बैठक तथा प्रशिक्षण कार्यक्रममा एमालेले अभियानको नारा ‘घरघरमा एमाले, जनजनमा एमाले’ राखेको छ ।

यसअघि चैत ५ गते शनिवार ९ वटै पालिकामा स्थानीय तह निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

चैत १२ गते हुने प्रशिक्षण कार्यक्रमका लागि प्रशिक्षक तयार गर्न एमाले कञ्चनपुरले प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । चैत १० गते दिउँसो १ बजेदेखि ९ वटै पाालिकाका मुख्य प्रशिक्षकले प्रत्येक वडाका प्रशिक्षकलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । यसरी प्रशिक्षित भएका प्रशिक्षकले १२ गतेको कार्यक्रममा वडा–वडाका नेता–कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको तयारीका लागि चैत १० गते बिहान ११–१२ बजेसम्म पालिकाका इन्चार्ज, सहइन्चार्ज र पालिका कमिटी अध्यक्षसँग जिल्ला पदाधिकारीको बैठक हुने जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिए ।

एमालेले मुख्य प्रशिक्षकका रूपमा दोधाराचाँदनीमा ईश्वरी खरेल, भीमदत्तमा सुरेन्द्र विष्ट, बेदकोटमा गोविन्दप्रसाद कलौनी, शुक्लाफाँटामा हिरा सार्की, कृष्णपुरमा जयराज पाण्डे, पुनर्वासमा भक्तबहादुर अधिकारी, बेलौरीमा बलदेवसिंह बुडाल, लालझाडीमा रमेश थापा र बेलडाँडीमा रामचन्द्र नेपाललाई तोकेको छ ।

वडामा हुने प्रशिक्षणमा एमालेले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा, जबज र समाजवादका आधारहरू, हालसम्म रहेका एमाले सरकारले गरेका जनपक्षीय कामको चर्चा र गठबन्धन सरकारले गरेका गलत कामको भण्डाफोड गर्ने विषयवस्तु तय गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>