Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
धनगढी
२०७८ चैत १० गते बिहिबार

कैलाली ५ बाट उमेदबारि दिने, गठबन्धन चुनाव सम्मै जाने : आरजु राणा देउपा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पुन: कैलाली बाट चुनाव लडने बताएकि छन ।      उनले  कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैले आआफ्नो असहमति राख्न पाउने तर पाँच दलीय गठबन्धन भने चुनावसम्मै कायम रहने बताएकी छन् ।

महामन्त्री गगन थापालगायतका नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने बताइरहेका बेला प्रधानमन्त्री पत्नीसमेत रहेकी राणाले गठबन्धन कायमै रहने र आफू पुनः कैलाली–५ बाटै चुनाव लड्ने बताइन ।

‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धनसहित इलेक्सनमा जाने हो,’ प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘गठबन्धन कायम राख्ने कुरामा पार्टी भित्र सबै एक मत छन् ।’

राणाले एक्लै चुनावमा जाने परिस्थिति नभएको बताइन । ‘राजनीतिक परस्थिति त्यति सजिलो छ र ? अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको छ,’ उनले भनिन् ।

राणा ०७४ पालकाे प्रतिनिधि सभाको निर्वाचनमा एमालेका नारद मुनि राना संग पराजित भएकि थिईन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>