Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत ११ गते शुक्रबार

नेपाल प्रहरिमा एकै पटक तीन हजार बढुवा सिफनरिस

नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकैपटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संसोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो । विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संसोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले ‘ज्येष्ठता’लाई बढुवाको मुख्य आधार बनाउने गरी नियमावली संसोधन गरेको छ । बिहीबार १ सय ९१ जना नायव निरिक्षक (सई) लाई बरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा गर्न सिफारिस गरिएको छ । जेष्ठताका आधारमा वरिष्ठ सईमा १ हजार १ सय ७१ जनालाई बढुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार बढुवा सिफारिस गरिएकाहरु पहिलो सूचीका हुन् ।
प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । वरिष्ठ हवल्दारमा जेष्ठता कायम हुनेगरी पहिलो सूचीमा १ हजार १ सय ७३ जनालाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ हवल्दार पदमा ३ हजार ३८३ पद स्वीकृत भएको छ । बढुवा शुचिwww.nepalpolice.gov.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>