कृष्णराज भट्ट - कञ्चनपुरको नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले व्यापारमा अवरोध सृजना गरेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार नजिक स्थानीयले व्यापारका लागि छाप्रो राख्न खोजे पछि एसएसबीले शुक्रवार अवरोध गरेको हो ।
ब्रह्मदेव बजार नजिक नेपाली भूमिमा एसएसबीले व्यापारका लागि पसल राख्न नदिएको हो । श्रि सिद्धनाथ मन्दिर ब्यावस्थापन समिति ब्रह्मदेवका अध्यक्ष नारायण सिह महताका अनुसार पूर्णागिरी मेलालाई मध्यनजर गर्दै बिगत बर्षाै देखि त्रिपाल थापेर पसल राख्ने गरेकाेमा यसपालि पनि निरन्तर मेला अवधिमा पसल राख्न खोजिएको थियो । तर एसएसबीले आफ्नै भूमि भन्दै पसल राख्न नदिएको हो । यस पटक एसएसबीले अवरोध गरेकाे छ ।
मन्दिर ब्यावस्थापन समितिका पुर्व अध्यक्ष केशव सिह नायकले भारतीय पक्षले त्यस क्षेत्रमा सीमा स्तम्भ हराएको भन्दै केही काम गर्न नदिएको बताए । ‘स्तम्भ एकीन नभएकाले भनेर बिगत बाट भारतिय पक्षले बेला बेला बिवाद गर्दै अाएकाे छ ।
सो क्षेत्रमा सडक कालोपत्रे गर्न ‘नगरपालिकाले दुई वर्ष अगाडि टेन्डर खोलेर काम गर्ने तयारी गरेको थियो,’ तर ठेकेदार कम्पनि काम गर्न जादा काम गर्न अवरोध गरेकाे थियाे । साे ठाउमा अहिले सम्म सडक कालोपत्रे हुन सकेको छैन ।’
ब्रह्मदेव नजिक भारतीय पक्षले स्थानीयलाई व्यापार गर्नमा अवरोध गरे पछि शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी तथा सुरक्षा निकायका प्रमुख त्यहा पुगेका थिए । तर भण्डारीले ब्रह्मदेवमा केही विवाद नभएको जिकिर गरे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया