Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
दार्चुला
२०७८ चैत १३ गते आइतबार

गाेकुलेश्वर बजार दुर्गन्धित नगरपालिकाले फाेहर ब्यावस्थापन गर्न सकेन ।

दार्चुलाकै दोस्रो ठूलो गोकुलेश्वर बजार दुर्गन्धित भएको छ । बढ्दो बजारीकरणसँगै नगरपालिकाले फोहर व्यवस्थापन नगर्दा लामो समयदेखि बजार क्षेत्र दुर्गन्धित बन्दै गएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिकाले डम्पिङ साइडको व्यवस्थापन गर्न नसक्दा फोहर व्यवस्थापनमा चुनौती देखिएको छ ।

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार क्षेत्रमा थुप्रिएको कुहिने र नकुहिने फोहोर सडक र नदी, खोलाको छेउमा जथाभावी फालिएको छ । बजार क्षेत्रका घर, पशलहरुबाट निस्कीने फोहोर गोकुलेश्वर खोलामा फाल्ने गरेकै कारण बाटोमा यात्रा गर्न समेत नसकिने अवस्था आएको छ । खोला नजिकै सञ्चालित होटल, पशलहरुमा हावा चलेको बेला दुर्गन्ध फैलिने गरेको र बजार क्षेत्र कुरुप बन्दै गएको होटल पिसफुलका सञ्चालक ओमकार जोशीले बताउनुभयो । पटकपटक अनुरोध गर्दा समेत फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले काम नगरेको स्थानीयको गुनासो छ । बजारमा थुप्रेको फोहरको सही व्यवस्थापन नहुँदा विभिन्न खालका रोग लाग्न सक्ने जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

जनस्वास्थ्य निरीक्षक शिवदत्त जोशीले भन्नुभयो, गर्मी बढ्दै गएको छ, बजार क्षेत्रमा जथाभावी फालिएको फोहोरका कारण विभिन्न रोगको संङ्क्रमण हुनसक्ने जोखिम बढेको छ । फोहरको स्थायीरुपले व्यवस्थापन नहुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने जनस्वास्थ्य निरीक्षक जोशीले बताउनुभयो । बजार क्षेत्रमा जथाभावी फोहोर विसर्जन गरेकै कारण मच्छरको समेत बिगबिगि छ, स्थानीय मानमति जोशीले भन्नुभयो, नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिने हो भने महामारी फैलिने जोखिम छ ।

नगरबासीले समेत जथाभावी फोहोर फाल्ने गरेका कारण समस्या सिर्जना भएको उहाँको भनाई छ । सार्वजनिकस्थलमा राखिएको फोहरले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै अस्थायी रुपमा व्यवस्थापन गरिएको फोहर पनि पानीका स्रोतमा मिसिदा पानी समेत प्रदुषित भइरहेको छ । बजार क्षेत्रबाट निस्किएको फोहरलाई सबै एकै ठाउँमा राख्दा झन समस्या भएको छ । गोकुलेश्वर खोला र सडक छेउँमा सबैभन्दा बढी फोहोर फालिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>