Samriddhipost
२०८२ फागुन २० गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०७८ चैत १३ गते आइतबार

महाकालि नदिमा धार फर्काउने स्काभेटर नेपाल पुग्याे शसस्त्रले चाबि थुतेपनि डाइरेक्ट स्टाट गरि भारत लगे
फाइल तस्बिर

सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ । दार्चुलास्थित महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी खोसेको हो ।

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो,’ उहाँले भन्नुभयो, ‘समन्वय बिना नेपालतर्फ स्काभेटर ल्याउन पाइदैन्, नेपालतर्फको बाटो प्रयोगका ल्याइएको भएपनि लिखित रुपमा जानकारी गराएन ।’ भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ ।

भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभावी रुपमा तटबन्ध निर्माण गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यही प्रयोग भएको स्काभेटर नेपाली भूभागमा आएपछि चाबी खोसेका हौं, उनीहरुले डाइरेक्ट स्टार्ट गरेर अहिले फिर्ता लगेका छन् ।’ उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो । भारतले छलफल भएको बेला सीमामा गतिविधि गर्दा समन्वय गर्ने बताएपनि तटबन्ध निर्माण अन्तराष्टिय कानुन र दुइदेशको सहमति विपरीत एकतर्फी ढंगले गरिरहेको छ ।

यो विषयमा सरकारले ठोस कुटनीतिक पहल गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>