Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
प्रकाश दत्त भट्ट प्रकाश दत्त भट्ट
२०७८ चैत १३ गते आइतबार

घर जग्गा किन्दै हुनुहुन्छ भने यी ११ कुरामा ध्यान पुर्याउन विज्ञको सल्लाह

१-घरजग्गा किन्दा वास्तविक जग्गा धनिको पहिचान गरेर उसको हकभोगमा रहेको जग्गा हो होइन भनेर एकिन गर्ने ।

२-घरजग्गाको मोठ श्रेस्ता ठिक छ/छैन भनेर एकिन गर्नुपर्छ ।   

३-कुनै अड्डा आदालतबाट मुद्दा परेर रोक्का रहेको छ/छैन भनेर पनि एकिन गर्नुपर्छ ।

४-घडेरीको लागि जग्गा किन्दै हुनुहुन्छ भने त्यो घडेरी भएको क्षेत्र आवास क्षेत्रमा पर्छ कि कृषि क्षेत्रमा पर्छ भनेर पनि एकिन गर्नुपर्ने ।

५-जग्गामा र नक्सामा बाटो के कति फिटको देखिन्छ भन्ने कुरा प्रष्ट रुपमा एकिन गर्नुपर्छ । 

६-जग्गाको नक्सा बमोजिमको आकार, प्रकार र क्षेत्रफल मिलेको छ कि छैन भन्ने कुरा पनि बैना गर्नुभन्दा पहिले नै एकिन गर्नुपर्छ ।

७-जग्गाको प्रकृति रैकर, निजी, गुठी अधिनस्त के हो भन्ने कुरा पनि हेर्नुपर्ने ।

८-जग्गामा मोही छ की छैन भन्ने कुरा मोठ श्रेस्ता र फिल्डमा समेत बुझेर मात्रै जग्गा किन्नको लागि तयार हुनुपर्ने ।

९-सीमानामा विवाद छ कि छैन भन्ने कुरा पनि जग्गा किन्नु भन्दा पहिले नै चारै सीमानाको रेखाङ्कनको वारेमा बुझेर मात्रै बैना गर्नपर्छ । भोलि जग्गा त किनिएला तर सीमाना मिलेको व्यक्तिले यो जग्गामा मेरो विवाद छ भनेर झगडा गर्दा राम्रो हुँदैन ।

१०-रेखाङ्कन गरिएको छैन भने शुरुमै रेखाङ्क गर्न लगाउनुपर्छ । 

११-जग्गा बेच्ने व्यक्तिको परिवार राजी छन् की छैनन् भनेर बुझ्नुपर्छ । कानूनिरुपमा जग्गा धनिका हकदारहरू पति/पत्नी, छोराछोरी वा बुबाआमा विक्रि गर्न सहमत छन् छैनन् भन्ने कुरा बुझ्ने र सकेसम्म उनीहरूलाई पनि साक्षी राखेर मात्रै बैना गर्नुपर्छ । हैन भने तपाईंले बैना दिने र जग्गा धनीका परिवारले यो जग्गा बेच्न हामी सहमत छैनौ भनेर भोलि स्थानीय तह, मालपोत वा अदालतमा निवेदन दिए भने तपाईंको बैना फिर्ता लिन अर्को झमेला हुन झेल्नुपर्ने हुनसक्छ ।


#घरजग्गा कारोबार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>