Samriddhipost
२०८२ कार्तिक ०१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज ३१ गते शुक्रबार

प्रहरी दिवसको पूर्वसन्ध्यामा कुटिए प्रहरी चौकीका इन्चार्ज

प्रहरी दिवसको पूर्वसन्ध्या तथा अघिल्लो दिन कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ। ७०औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा ब्रह्मदेव प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका– ९ ब्रह्मदेव महाकाली करिडोर मार्ग क्षेत्रमा सइ चन्दमाथि कुटपिट भएको हो।
निर्माणाधीन महाकाली करिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जगबुढा गइरहेका यात्रु र चालकले सइ चन्दमाथि कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यात्रु र चालकको कुटाइबाट घाइते भएका सइ चन्द महाकाली अस्पतालमा उपचारपछि राति नै डिस्चार्ज भएका छन् । सइ चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समूहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ । यद्यपि, ती आरोप पुष्टि भने भएको छैन । ब्रह्मदेव प्रहरी चौकी इन्चार्ज सइ देवेन्द्बहादुर चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरू आफुमाथि खनिएर कुटपिट गरेको बताए ।
सइ चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर, चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन । तेजबहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाउने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>