Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
कञ्चनपुर
२०७८ चैत १३ गते आइतबार

पुर्नवासका ट्राफिक प्रहरी प्रमुख लाई मासिक  रकम असुलेकाे आराेप

कञ्चनपुरको पुनर्वासमा ट्राफिक प्रहरी प्रमुख असई हिक्मत सिँह महताले सवारी साधनबाट रकम असुल्दै आएको आरोप लागेको छ । सवारी नियम उलंघन गर्नेलाई कार्वाही गर्ने निकायको रुपमा रहेको ट्राफिक प्रहरीले पुनर्वासमा सवारी साधन धनीहरुबाट मासिक रुपमा रकम असुल्दै आएको आरोप लागेको हो । पुनर्वासकै एक ईट्टा उद्योगी ट्रेक्टरधनीले ट्राफिक प्रहरीलाई मासिक दुई हजार दिँदै आएको र मासिक रकम दिँदा पनि पन्ध्र दिन नबित्दै सडकमै ट्रेक्टर घण्टौ खडा गर्दै अनावश्यक टर्चर दिने गरेको बताए । “रकम असुल्नकै लागि ट्राफिक प्रहरीले पुनर्वासको दोदा पुल केन्द्रित सवारी चेकिङ्ग गर्छन ।” उनले भने, “बैंकको चर्को ब्याजमा लाखौको लगानी गरी, सरकारलाई कर दिँदा दिँदै पनि ट्राफिक प्रहरीलाई समेत शुल्क बुझाउनुपर्ने बाध्यता छ ।”

त्यस्तै नाम नबताउने शर्तमा अर्का ट्रेक्टर धनीले सवारी बीमा,ब्लुबुक, लाईसेन्स सबै क्लियर हुँदा पनि बिभिन्न बहाना देखाउँदै दोदामा भेटिने ट्राफिक प्रहरीले प्रत्येक ट्रेक्टरबाट मासिक एक हजार रकम लिने गरेको जानकारी दिए । सबै ट्रेक्टरले दिने गरेपछि आफुले पनि मासिक रकम दिनुपरेको उनले बताए । त्यसैगरी पुनर्वास नगरपालिका-८ का विङ्गर सञ्चालकले पनि ट्राफिक प्रमुख महताले आफुलाई बारम्बार सास्ती दिने गरेको आरोप लगाए । “१४ सिट क्षमता छ, शनिबार बिहान प्यासेन्जर एक जना महिला मात्रै थिए ।” उनले भने, कागजात पुरै क्लिएर थियो, त्यै पनि ब्लुबुक राखे । अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी सहायक निरिक्षक महतालाई आरोपका विषयमा सोध्दा मासिक रकम लिएको भन्ने कुरा गलत भएको दावी गरेका छन् ।

“त्यस्तो रकम असुली गरेको छैनौ, कहि कतै भएको कुरा बेग्लै हो, कुनै सवारीबाट नियम भन्दा बाहिर रकम लिएका छैनौ ।”उनले भने “दोदा केन्द्रित चेकिङ्ग मात्रै छैन, जनशक्ति अभावका कारण दैनिकै बजार चेकिङ्ग नभएको हो, साँझ प्रहरी भ्यानमा सधै डिउटीमा निस्कन्छौ ।” ट्राफिकलाई तिन पाङ्गे अटो समितिले पनि मासिक रकम दिने गरेको समितिकै एक सदस्यले जानकारी दिएका छन् । तर ट्राफिक प्रहरी प्रमुख महताले पनि मासिक रकम लिएको स्विकार गरेनन् । ट्राफिक प्रहरीको चेकिङ्ग दोदा पुल केन्द्रित मात्रै हुनुले प्रहरीको कमाउ धन्दालाई संकेत गर्ने गरेको स्थानियको भनाई छ । ट्राफिक प्रहरीले महिनावारी असुल्ने कुरा यतिबेला पुनर्वासमा निकै चर्चाको विषय बनेपनी ट्राफिकले भने मासिक लिन नछाड्ने कुरामा स्थानीय ढुक्क देखिन्छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>