Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १४ गते सोमबार

नेपाली काग्रेस केन्दिय समित आज बस्दै चुनावि तालमेल बारे छलफल हुने
फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठक आज बिहान ११:३० देखि सुरू हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा चुनावी तालमेल, टिकट बाँड्न केन्द्रीय संसदीय समितिको गठनलगायत विषयमा छलफल भइरहेका छन्।

गाउँ गएका केन्द्रीय सदस्यहरूले कांग्रेसको वर्तमान अवस्था र चुनाव जित्न अपनाउनुपर्ने रणनीतिलगायत विषयमा विवरणहरू पेश गरेका छन्।

केन्द्रीय समितिमा नेताहरूलाई पाँच मिनेट बोल्न समय दिइएको छ। बोल्ने क्रम सकिएपछि आज केन्द्रीय समिति बैठक सक्ने तयारी छ।

कांग्रेसमा अधिकांशले गठबन्धनको आवश्यकता परे पनि तालमेल गर्ने अधिकार स्थानीय पार्टी समितिलाई नै दिनुपर्ने बताइरहेका छन्। चुनावी तालमेलबारे केन्द्रीय समितिबाट सैद्धान्तिक निर्णय गर्ने तयारीमा कांग्रेस छ।

सभापति शेरबहादुर देउवा चुनावी गठबन्धनका पक्षमा उभिएका छन् भने शेखर कोइराला पक्ष भने चुनावी गठबन्धनभन्दा पनि एक्लै चुनावमा जानुपर्नेमा छन्।

चुनावी गठबन्धनको मोडल तय गरेर जाने विषयमा पनि केन्द्रीय समितिमा छलफल भएको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने तयारी छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>