Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १४ गते सोमबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय चुनावमा पार्टीबाट आफ्ना उम्मेदवार नउठाउने भएको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव बहिष्कार पनि नगर्ने पक्षमा नेपाल कम्युनिष्ट पार्टी छ।

कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो।

महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको एक नेताले बताए।

‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ,’ एक नेताले भने, ‘हामी चुनावको विरोधी पनि होइनौं। त्यसैले एजेन्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं।’

चुनावको उपयोग गर्नुपर्ने विप्लवको प्रस्तावमा मतभिन्नता देखिएपछि यस्तो निर्णयमा पुगिएको ती नेता बताउँछन्। ‘संस्थागत ढंगले हाम्रो पार्टी स्थानीय चुनावमा सहभागी हुँदैन,’ उनले भने।

जारी केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>