Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १४ गते सोमबार

राष्ट्रिय महिला लिग फुटबल : धनगढीको लगातार दोस्रो जित


अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम चितवनमा संचालन भैरहेको महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता-२०७८ मा धनगढी उपमहानगरपालिकाले लगातार दोस्रो जित निकालेको छ।

चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।धनगढीले सुरुआती एक गोलको अग्रता लाई पन्छाएर जित निकालेको हो ।

खेलको ४४ औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरुआती अग्रता दिलाएकि थिइन्। तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याउन सफल भइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयकै चौंथो मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै धनगढीलाई २-१ को अग्रता कायम राख्दै दोस्रो जित दिलाउन सफल भइन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रा भण्डारी प्लेर अफ दि म्याच समेत घोषित भइन। उनले दस हजार समेत हात पर्न सफल भइन्। धनगढी लगातार दोस्रो जित संगै ६ अंक का साथ लिगको शिर्ष स्थानमा रहेको छ।

महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा  एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>