Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७८ चैत १६ गते बुधबार

बलेफी हाईड्रोपावर लिमिटेडले आज बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको हो।


सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ र सर्वसाधारणलाई १८ करोड २७ लाख ९७ हजार रुपैयाँ गरी ३६ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा चैत २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे चैत ३० गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता एनएमबी, सनराईज, हिमालयन र कुमारी क्यापिटल रहेका छन्।

औषत जोखिम जनाउने रेटिङ्ग

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६३ अनुसार सर्वसाधारणलाई निष्काशन गरिने शेयरको इस्युर रेटिङ्ग गराउने पर्ने व्यवस्था छ।

त्यस अनुसार कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७८ पुस १ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म कायम रहन्छ।

कस्तो कम्पनी हो?

बलेफी हाईड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७३ पुस २२ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु, काठमाडौंमा रहेको छ। कम्पनी अन्तर्गत निर्माणाधीन बलेफी हाईड्रोपावर आयोजना भने सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाको वडा नं. २, ३ र ४ मा रहेको छ।

कम्पनीले ३६ मेगावाट क्षमताको बलेफी हाईड्रोपावर आयोजना निर्माण गरिरहेको छ।

आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>