Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १६ गते बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई एकएक किलोको ५ वटा ढकसँग तुलना गरेका छन् । बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धन एकएक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताएका हुन् ।
‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्न अव कुनैपनि पार्टीले नसोचे र नचिताए हुन्छ’, ओलीले भने, ‘त्यसकारण उहाँहरुले गठबन्धन गरेर आउनुपर्छ भनेर भनिरहनुभएको छ ।’ ओलीले गठबन्धनका केही पार्टीले गठबन्धन गर्ने भनेपनि गठबन्धन गर्न भने त्यति सजिलो नभएको टिप्पणी गरे । 
‘एमालेलाई पनि बच्चाहरूसँग लड्न समस्या हुन्छ । सक्छन् भने गरुन्, गठबन्धन, तर सजिलो छैन । लोभी पापीहरुको गठबन्धन गर्न कहाँ सजिलो हुन्छ ?’, ओलीको प्रश्न छ । उनले सजिलो नभएकै कारण स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न समेत दुई दिनको समय छुट्याएकोमा आपत्ति जनाए । ‘त्यही भएर मनोनयन गर्ने समय दुई दिन राखेका हुन् । एक हप्ता गराएपनि के हुन्छ ? मनोनयन नै हुन्छ’, ओलीको भनाइ छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>