पिकनिक खान कालीताल झरना गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डा घर भइ महेन्द्रनगरको बसपार्कस्थित एक होटलमा काम गर्ने २७ बर्षिय गणेश साउँदको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बमले जनाए ।
साउद कार्यरत होटलका सबै स्टाफहरु रमाइलो गर्न पिकनिक गएका थिए । उनीहरुले मदिरा सेवन गरेको र नुहाउने क्रममा साउद डुबेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया