Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १६ गते बुधबार

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय प्रादेशिक स्तरीय कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिम प्रदेश स्तरीय यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय वृहत् कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

बुधबार धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघको आयोजनामा एलजिबिटीआईक्यू समुदाय लाई लक्षित गर्दै वर्तमान अवस्थामा गरेका काम कार्य र भविष्यमा कसरी कार्ययोजना गर्ने भन्ने बारेमा वृहत् छलफल गोष्ठी एक कार्यक्रम बिच गरिएको हो।

छलफल तथा कार्यशाला गोष्ठीमा सुदूरपश्चिम प्रदेशमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय लाई लक्षित गरि कार्यक्रम संचालन गर्दै आएका संघसंस्था सहयात्रा नेपाल कञ्चनपुर र सुदूरपश्चिम समाज धनगढीका कर्मचारी प्रतिनिधि  लगायत विभिन्न  जिल्लाका लक्षित समुदाय बिचमा समस्या तथा चुनौतीका बारेमा वृहत् छलफल गरि सुझाव समेत संकलन गरिएको र यसले कार्यदिशा निर्धारण गर्न सहयोग पुग्ने यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघका राष्ट्रिय कार्यक्रम संयोजक सिमरन शेरचनले बताउनु भयो।
उनले भनिन् , एचआईभीको क्षेत्रमा भएका समस्या लाई कसरी पहिचान गर्ने र पहिचान गरिएका समस्या लाई न्यूनीकरण गर्न स्थानीय प्रदेश र केन्द्र सम्म कहाँ कहिले र कसरी वकालत गर्न सकिन्छ । दायत्री निकाय र समाजिक संघसंस्था बाट कुन तह तह सम्म कार्यान्वयन गर्न सकिन्छ भनेर छलफल गरिएको छ। जसमा राष्ट्रिय बजेट भित्र पार्न संघसंस्थाले रणनीतिक रुपमा सरकार संग वकालत गरिनु पर्ने कुरा माथी समेत छलफल गरिएको हो।" उनले बताइन् ।

छलफल तथा कार्यशाला गोष्ठीको आयोजना गरेको हुँदा यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघ लाई हार्दिक धन्यवाद दिदै छलफल कार्यक्रम लाभदायक भएको सहभागीले बताए।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक महासंघका अध्यक्ष मनिषा ढकाल ,उपाध्यक्ष भुमिका श्रेष्ठ ,परिना चौधरी , राष्ट्रिय कार्यक्रम संयोजक शिमरन शेरचन सुदूर पश्चिम समाज धनगढीका अध्यक्ष करुणा नेपाल ,कार्यक्रम संयोजक राजु लामा, सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापती लगायत अन्य संघसंस्थाका प्रतिनिधिको  सहभागिता रहेको थियो

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>