Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत १७ गते बिहिबार

निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरूलाई उम्मेदवार हुन कडाइ गरेको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ।

कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको' उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ।

उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।

आयोगले संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्द स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न बुँदा समेट्नुपर्नेछ।’
नेपालको संविधानप्रति निष्ठावान् रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक, गाउँ वा नगरमा मतदाता नामावलीमा नाम भएकोलगायत स्वघोषणा गर्नुपर्नेछ।

साथै सरकारी संस्थामा बाहल नरहेको, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा नाम नरहेको पनि स्वघोषणा गर्नुपर्ने आयोगको भनाइ छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>