सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।
एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने भएको छ ।
अब उप्रान्त इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढ्ने वा घट्ने भए स्वचालिन प्रणालीबमोजिम नै मूल्य समायोजन गर्ने पनि विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुनेछ ।
प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका सह काेषाध्यक्ष डम्मरराज पन्तले समृद्धि पाेष्टलाई जानकारी दिए । उनका अनुसार यातायात व्यवसायी र सरकारबीच आज भएको छलफलमा भाडा बढाउने सैद्धान्तिक सहमति भएको हो । यातायात व्यवस्था विभागले आइतबारमात्रै बढेको भाडादरबारे सूचना सार्वजनिक गर्ने भएको सिटौलाले बताए ।
यसअघि विभागले असार ३० गते यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बढाएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि सम्बन्धित क्षेत्रमा लागू हुनेगरी सार्वजनिक यातायात भाडा वृद्धि गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया