भीमदत्त नगरपालिकास्थित मझगाउँ नालाबाट उद्धार गरिएको चितुवा मरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बुधबार पासोमा परेको चितुवाको उद्धार गरेको थियो ।
उद्धार गरिएको चितुवाको बिहीबार दिउँसो मृत्यु भएको हो । चितुवाको पछाडीको भाग पासोमा परेको कारणले मृत्यु भएको हुनसक्ने निकुञ्जका निमित्त प्रमुख मनोज ऐरले बताए ।
उनका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको प्राविधिक टोलीले शव परीक्षण गरिरहेको छ । ‘शव परीक्षण र एक्सरेको रिर्पोट आएपछि के कति कारणले मर्यो भन्ने थाहा हुन्छ,’ उनले भने, ‘हिजो उद्धारपछि निकुञ्जमा छोडेका थियौं ।’
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया