Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
मसुरिया
२०७८ चैत १८ गते शुक्रबार

माओवादी केन्द्रको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

नारायण सापकोटा -
कैलाली, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य नेप बहादुर चौधरीले माओवादीको नेतृत्व र अगुवार्इमा देशमा आमूल परिवर्तन भएको बताएका छन । आज गौरीगंगा नगर कमिटिको आयोजनामा राजिपुरमा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै चौधरीले विपक्षीहरुले जनतालाइ भुलभुलैया पारेको भन्दै अहिले देश माओवादी आन्दोलनको उपलब्धी र योजनामा हिडेको बताएका थिए ।  आजको दिनमा जे जति उपलब्धि प्राप्त भएका छन ती सबै उपलब्धिको एकमात्र शक्ति माओवादी रहेको उल्लेख गदै राज्यका हरेक तहमा महिला सहभागिता सुनिश्चीत संविधानमै प्रत्याभुत गराउने र सोहि अनुसार राजनितिक रुपमा पनि कार्यान्वयन भई आम जनताले उपभोग गरेको चौधरीले बताएका थिए । माओवादी केन्द्र कुनै पुजीवादीको नभएर क्रान्तिकारी उत्पीडीत जाति वर्ग समुदाय तथा आम श्रमजीवीको पक्षमा रहेको हुदाँ जनताले अनुभुति गर्ने गरी माओवादी केन्द्रबाट निवार्चित जनप्रतिनिधिहरुले जनमतको कदर गदै जनताको बिचमा गाउँगाउँमा जनपक्षिय कार्य गरीरहेको तथ्यलाई व्यापक प्रचार प्रसार गर्न जरुरी रहेको बताएका छन् । नेपाली जनताको विकेन्द्रीकरण सहितको विकास र परीर्वतनको चाहानालाई देशमा सङ्घियता र नयाँ संविधानको कार्यान्वयन गदै विगतको सदरमुकाम शहर बजार केन्द्रीत विकास परीर्वतनलाई जनताको घर आगनमै अनुभुति गर्ने अवस्थाको सृजनाले माओवादीको एजेन्डा स्थापित भएको चौधरीले बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गदै माओवादी केन्द्र का कैलाली जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड)ले जनयुद्ध मा घाइते बेपत्ता तथा सहिद परिवार लाई सम्मान र विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्र मा प्रवेश गर्ने सम्पूर्ण लाई स्वागत गदै ज्ञवालीले माओवादीले जितेका स्थानिय पालिका तथा वडामा जनअपेक्षा अनुरुप काम गरेको दाबी गरेका छन । गठबन्धन हुन्छ चुनाव जित्छौ भन्ने धारणाबाट मुक्त भई माओवादी आफ्नो बल जनमतले जित्न लाग्नु पर्ने पार्टीको तर्फबाट गौरीगंगा नगरपालिका विकासको समृद् नगरपालिका बनाउनेमा ध्यानाकर्षण गर्नुपर्ने बताउदै ज्ञवालीले पाँच दलिय गठबन्धन केपी ओली प्रवृतिको आतंक अन्त्य गर्न बनाइएको बताएका थिए ।
गौरीगंगा नगर कमिटि अध्यक्ष देविदत्त कडेलको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमलाई केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य रुपा चौधरी, केन्द्रीय सदस्य लाल बहादुर सोडारी, केन्द्रीय सदस्य लक्षिराम आर्चाय, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार मदनराज जोशी, प्रदेश कमिटि सदस्य बलबहादुर महता तथा नगर ईन्चार्ज नविन धामी लगाएतले सम्बोधन गरेको कार्यक्रमको संचालन नगर सचिव खगराज भुषालले गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>