Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ चैत १८ गते शुक्रबार

राष्ट्रिय महिला लिग फुटबल : धनगढी शिर्ष स्थानमा   राष्ट्रिय महिला लिग फुटबलमा गोलको बर्षा ,धनगढी शिर्ष स्थानमा यथावत्

अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम चितवनमा संचालन भैरहेको महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता-२०७८ मा धनगढी उपमहानगरपालिकाले लगातार तेस्रो जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ।

चितवनको भरतपुरमा बिहिवार भएको तेस्रो चरणको खेलमा धनगढीले ललितपुर नगरपालिकालाई ०-६ गोल अन्तरले हराएको हो ।धनगढीले सुरुआती पहिलो हाफमा दुई गोलको अग्रता लाई कायम राख्दै लगातार जित निकालेको हो ।

खेलको पहिलो हाफको  ९ ,१० र ३९ औं मिनेटमा अञ्जना राई ,चन्द्रा भण्डारी र ममता पुनले एक-एक गोल गर्दै धनगढीलाई सुरुआती तिन गोलको अग्रता दिलाएकि थिइन्। लगातार खेल धनगढीको पक्षमा रोमाञ्चक बन्दै जादा दोस्रो हाफको ५४ औं मिनेटमा टिमको लागि चन्द्रा भण्डारीले चौथो गोल गरिन् यसरी गोल निरन्तर थपिदै गए जसमा ६४, ७० औं मिनेटमा बिर्शना चौधरी र अनिता लम्जोङले पाँचौ र छैटौं गोल गर्दै टिमको स्कोर ६-० पुगाउदै रोमाञ्चक जित निकाल्न धनगढी टिम सफल बन्यो। प्रशिक्षक राघबेन्द्र कार्की बताए।
उनले भने्, उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बिर्शना चौधरी प्लेर अफ दि म्याच समेत घोषित भइन। उनले दस हजार पुरस्कार हात पर्न सफल भइन्।

धनगढी राष्ट्रिय महिला लिगमा लगातार तेस्रो जित संगै ९ अंक जोड्न सफल भएको छ। गोल स्कोरको आधारमा एपीएफ लाई पछि पार्दै लिगको शिर्ष स्थानमा रहेको कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष एवं मनकामना युवा क्लब धनगढीका अध्यक्ष डबल बहादुर थापाले बताउनु भयो।
उनका अनुसार ,धनगढी उपमहानगरपालिका महिला टिमको मुख्य प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज तामाङ रहेका छन ।

महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा  एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>