Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत १८ गते शुक्रबार

एमालेकाे शिक्षक संगठन अधिबेशन पछि फुट्याे काे काे गए समाजवादिमा

कञ्चनपुरमा नेकपा एमाले निकट शिक्षक संगठन फुटेको छ । एमाले फुटसंगै पार्टी र भातृ संघ संगठन पहिल्यै अलग अलग भएपनि शिक्षक संगठन भने फुटेको थिएन । पाटी फुटेको ढिलो गरि महिनौँपछि कञ्चनपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठन फुटेको छ । चैत्र ११ र १२ गते राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १२ औँ जिल्ला सम्मेलन महेन्द्रनगर भएको थियो । 

 सम्मेलनमा विवाद चुलिएपछि नेतृत्व चयन गर्न नसेकेकै अवस्थामा नेकपा एकीकृत समाजवादी पार्टी निकट शिक्षक संगठनले छुट्टै आफ्नो संगठन विस्तार गरेका छन । आउँदै गरेको स्थानीय तहको चुनावमै मुखमा एमाले निकट शिक्षक संगठन फुटसंगै कर्मचारी संगठन समेत फुटको तयारीमा रहेको नेताहरुले बताएका छन ।  

समाजवादी निकट शिक्षकले राष्ट्रिय शिक्षक संगठनबाट बिद्रोह गरेर आफ्नै संगठन विस्तार गरेको छ । बिहीबार पुनर्वास नगरमा समाजवादी निकट शिक्षकले जिल्ला भेला गरेका छन । समाजवादी निकट शिक्षकको प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको प्रथम जिल्ला भेलाबाट नयाँ कार्य समिति चयन गरेको छ । राम नारायण कडेल अध्यक्षमा ४१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । उपाध्यक्ष विकल्प शर्मा, महिला उपाध्यक्ष तुलसी जोशी, सचिव प्रकास बडूवाल, सह सचिव लोक बहादुर थापा,कोषाध्यक्ष टेकराज भट्ट, सह कोषाध्यक्ष मिना कुँवर चयन भएका छन । यस्तै जिल्ला सदस्य तर्फ पुष्पराज ओझा, महादेव भट्ट, दल ब. रोकाया, शारदा पौडेल, खेमराज जोशी, राजु भट्ट 

गोरख विष्ट, जयलक्ष्मी, दयाराम राना, सुकदेव राना , रविलाल चौधरी, निमा राना, धर्मानन्द भट्ट, जानकी जोशी , दिपेन्द्र सिह भण्डारी, निर्मला भट्ट, भानुभक्त जोशी , हर्कराज जोशी , भोजराज खरेल, रेवती बोहरा, यज्ञराज पाडे , मना खडका, सरस्वती भाट (विष्ट) , ज्मुना पाण्डे, ईन्द्रावती राना, जलबिर सुनार, एसएल चौधरी, टेक ब. विक, राम ब. निदाल, मान ब. शाही चयन भएका छन । भने केन्द्रीय प्रतिनिधी तर्फ गणेश कुँवर, माधव प्रशाद खरेल, डिल्ली प्रशाद खरेल रहेका छन ।  

प्रगतिशित राष्ट्रिय शिक्षक संगठन जिल्ला इन्चार्ज एव केन्द्र सदस्य केशव साउदको अध्यक्षतामा समाजवादीका सुप प्रदेश उप सचिव एव आर्थिक योजनमन्त्री तारालामा तामाङ्ग, समाजवादी कञ्चनपुरका इन्चार्ज एव समाजिक विकासमन्त्री लाल बहादुर खडका, समाजवादी जिल्ला सह इन्चार्ज एव पुर्व राज्यमन्त्री प्रकास बहादुर रावल, समाजवादीका जिल्ला अध्यक्ष जिवन थापा सहितको उपस्थितिमा समाजवादी शिक्षक संगठन कञ्चनपुरको प्रथम भेला भएको थियो ।  

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष राम नारायण कडेलले राष्ट्रिय शिक्षक संगठनमा व्यक्तिवादी हावि हुँदा बिद्रोह गरी प्रगतिशिल राष्ट्रिय शिक्षक संगठन विस्तार गरेको बताए । ‘राष्ट्रिय शिक्षक संगठनमा पुराना सिनियर साथिहरुको अपमान हुने काम भयो, ‘उनले भने, ‘त्यहाँ सहन नसकेर बिद्रोह गरेका छौँ ।’ आम शिक्षकको पेशागत हकहितका लागि काम गर्ने उनले प्रण गरेका छन । उता एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष भवानी चन्दले बिद्रोह नभई सम्पर्क बिनै केही समाजवादीका नेतासंग जोडिएका शिक्षकहरुले पार्टीको भातृ सगठन चलाएको बताए । ‘अहिले समाजवादीमा गएका केही शिक्षक लोभ लालच लोभले गएको झुृण्ड हो, ‘उनले भने, ‘हाम्रो संगठनको सम्मेलनमा आएका थिए, एक्कासी यता गएको सुनियो, यो कुनै फुट र बिद्रोह होईन ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>